7.9 C
New York
Thursday, April 18, 2024

Buy now

spot_img
Newspaper WordPress Theme

नवलपरासीमा ५ जना फरार अभियुक्त पक्राउ

spot_img

सहबान अन्सारी

नवलपरासीमा विभिन्न मुद्दामा फरार रहेका ५ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट २०५३ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले आईतवार जानकारी दिइएको हो ।
प्रहरीका अनुसार प्रतापपुर गाउँपालिका अन्तर्गत एरियाबाट जालसाजी मुद्दामा १ जना,सवारी ज्यान मुद्धामा २ जना र कुटपिट मुद्धामा १ जना ईलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।
यसैगरि सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट गाली बेईजत मुद्धामा १ जना अभियुक्तलाई प्रहरी चौकी भुजहवाले पक्राउ गरेको हो ।
३ महिना कैद र ६ हजार १ सय २५ रुपैयाँ जरिवाना रहेको ५ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारवाही भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म बिभिन्न मुद्धाका १६० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

- Advertisement -
spot_img

संबन्धित

spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme