7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा २० जना फरार अभियुक्त पक्राउ

- Advertisement -

सहबान अन्सारी 

नवलपरासीमा बिभिन्न मुद्धामा फरार रहेका २० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतवार जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको हो ।
पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्धाका १३ जना फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानीगंजले पक्राउ गरेको हो ।
यसैगरी सरावल गाउँपालिकका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अंगभङ मुद्दामा २ जना र लागु औषध गाजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले पक्राऊ गरेको हो ।
१९ हजार २ सय ८० रुपैयाँ जरिवाना रहेको २० जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कारवाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका १४२ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme