सहबान अन्सारी
नवलपरासीमा थप ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार पीसीआर परीक्षणबाट २४ र एन्टिजिन परिक्षणबाट २१ जना गरी ४५जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ३ जना सुनवल नगरपालिकामा १८ जना, बर्दघाट नगरपालिकामा १७ जना, सरावल गाउँपालिकामा ३जना सुस्ता गाउँपालिकामा २जना र पाल्हिनन्दन गाउँपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १८० पुगेको छ ।















