नवलपरासी
प्रतापपुर ४ मा भव्य कार्यक्रम सम्पन्न
नवलपरासी, साउन ४ — जनमत पार्टी नवलपरासीले आज प्रतापपुर गाउँपालिका–४ मा एक भव्य पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रम सम्पन्न गरेको छ।
पार्टीका जिल्ला इन्चार्ज कृष्ण कान्त चौधरी, लुम्बिनी प्रदेश सदस्य असरफ अलि चुरिहार, जिल्ला सचिव कैलास गुप्ता, जिल्ला सदस्य लालति कुमारी यादव, जिल्ला सल्लाहकार शम्भु यादव, तथा पालिका सचिव शेष आलमको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य जनमत पार्टीको संगठनलाई गाउँस्तरमा मजबुत बनाउने तथा नयाँ सदस्यहरुलाई स्वागत गर्ने रहेको थियो। कार्यक्रममा स्थानीय स्तरका दर्जनौँ युवाहरुले पार्टीमा प्रवेश गरेका छन् भने पार्टी नेतृत्वले संगठन सुदृढीकरणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूप्रति स्वागत मन्तव्य राख्दै जिल्ला इन्चार्ज चौधरीले भने, “जनताको हक, अधिकार र न्यायको लागि जनमत पार्टी अग्रसर छ। परिवर्तनका लागि संगठित हुनु आवश्यक छ।”
कार्यक्रमलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गराउनेमा योगदान पुर्याउने सम्पूर्ण नेता, कार्यकर्ता तथा स्थानीय सहभागीप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।















