10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

दुई वडा अध्यक्ष सहित ४० जनाले गरे काङ्ग्रेसमा प्रवेश

उमेश बि.क, ३० असाेज
पश्चिम नवलपरासी सरावल गाउँपालिकाका दुई वडा अध्यक्ष सहित ४० जनाले काङ्ग्रेसमा प्रवेश गरेका छन ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको गृह जिल्ला रहेको नवलपरासी पश्चिममा काङ्ग्रेसमा प्रवेशको लहर चलेको छ। सरावल गाउपालिका वडा नं. १ र २ का निर्वाचित वडा अध्यक्षद्वय भेषनारायण चौधरी एवम शम्भु चौधरी सहित ४० जना एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
काङ्ग्रेस सरावल गाउपालिका वडा नं. १ र २ को संयुक्त आयोजनामा बिजया दशमी २०७७ को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सभापती रुद्रनाथ रायको सभापतित्व तथा काङ्ग्रेसका केन्द्रिय सदस्य मा. देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा, जिल्ला सभापति बिष्णु पौडेलज्युको बिशिस्ट आतिथ्यतामा जिल्ला सहसचिव तथा जिसस प्रमुख शिव शन्कर राय, केन्द्रिय संगठन बिभाग सदस्य मोहन शर्मा, महासमिती सदस्य तथा सरावल गा.पा प्रमुख राधेश्याम चौधरी, उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि उत्तमा राय, गाउँपलिका सभापती बिनोद पान्डेय, महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी लगायतको उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने बताउनुभएकाे हाे। नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरुसंग सहकार्य गरेर अगाडि बड्ने बताए ।
नब प्रवेशीसीहरुले आफुहरुले आस्था गरेको पार्टिले जनताको नेतृत्व गर्न नसकेकाले अफुहरुको भरोसा ती पार्टी बाट उठेको र अब नेपाली काङ्ग्रेस माथी विस्वाश बडेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme