9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

उपचारपछि घर फर्किए तिर्थयात्री, बस् चालक प्रहरीको नियन्त्रणमा

- Advertisement -

रंजीत शर्मा, विनोद निगम/ नवलपरासी ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा घाइते भएका ४४ जना नै प्राथमिक उपचार पछि घर फर्किएका छन् ।

सनिवार करीब ११:३० बजेको समयमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड न. १ झरहीखोला नजिकै रमपुरवा स्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको UP16 FT 7466 नं. को भारतिय बसको स्टेरिङ फेल हुदा अनियन्त्रित भई पल्टिँदा ४५ जना घाइते भएका थिए।

उक्त घटनामा घाइतेलाई उद्दार गर्न इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चांपागाई नेतृत्वको १५ सदस्य टोलि, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका ११ जनाको टोली,सशस्त्र प्रहरी बल हरपुरका प्रहरी, पृथ्वी चन्द्र अस्पताल परासीमा चिकित्सक, हिन्दु स्वयमसेवक संघ नेपाल महेशपुरका पदाधिकारी तथा स्थानिय यूवाहरुको बिशेष भूमिका रहेको थियो ।
घटना बाटो देखी करीब १० मिटर तल खोलामा पल्टिन जांदा बसमा सवार करिब ६०/६५ जना मध्ये ४५ जना भारतीय तिर्थालुहरु घाइते भई उपचारको लागि जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको थियो हाल ती सबैलाई आ आफ्नो गन्तब्य तरफ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटना भएको ठाउँ बाट बस उठाएर इलाका प्रहरी कार्यालय महेशपुर राखिएको तथा बस् चालकलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी थप अनसन्धान गर्न राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme