त्रिवेणी मेला भर्न आएका हजारौ श्रद्धालु सीमामा अलपत्र

50

सहबान अन्सारी, १७ माघ ।

नवलपरासीकाे धार्मिक एवम पर्यटकिय स्थल त्रिवेणीधाममा हरेक वर्ष लाग्दै आएको माघे ओैँसीको मेला यस वर्ष अचानक स्थगित गरिंदा हजारौ श्रद्धालु भक्तजनहरु भारतीय सीमामा अलपत्र परेका छन।
जिल्ला प्रसाशन कार्यलय नवलपरासीले काेभिड -१९ काे बढ्दाे प्रभावलाइ मध्येनजर त्रिवेणी मेला स्थगन गरेको थियो । मेला स्थगन गरिएकाे सूचना समयमै लक्षित क्षेत्रमा पुर्याउन नसकेका कारण भारतका विभिन्न स्थानबाट मेला भर्न हिंडेका यात्रुहरु सिमामा आईपुग्दा नेपाल प्रहरीले प्रवेश गर्न नदिएपछि थाहा पाएकाे बताएका छन् । जसले अलपत्र हुनुपरेकाे छ ।
माघे औशीको दिन भारतबाट हजारौं मानिसहरु आउने गरेको हुदाँ मेला स्थगनबारे केही जानकारी नभएको हुदाँ मेला भर्न आएका भक्तजनहरु नेपाल प्रवेश गरेपछी मेला स्थगन बारे थाहा भएको बताएका छन ।
मेला भर्न आएका श्रद्धालुहरुलाई मेला क्षेत्रमा स्थानिय प्रशासनले प्रवेश गर्न रोक लगाएपछि टाढाबाट आएका श्रद्धालुभक्तजनहरु प्रभावित भएका छन ।
पुर्वी नवलपरासी जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा पर्ने त्रिवेणीधाममा नेपालकाे विभिन्न जिल्लाका साथै भारतकाे बिहार तथा उत्तर प्रदेशबाट लाखौ श्रद्धालु भक्तजनहरू आउने गरेका थिए ।