पप्पु रेग्मी, बर्दघाट। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र त्रिनेत्रेश्वरधाम बर्दघाट ७ जिमिरेभार पश्चिम नवलपरासीको १० औं साधारण सभा तथा तेस्रो अधिवेशन बुधबार त्रिनेत्रश्वर धामको सभाहलमा सम्पन्न भएको छ ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र त्रिनेश्वर धाम बर्दघार ७ का अध्यक्ष लेख नाथ न्यैपानेको अध्यक्षता तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका केन्द्रिय अध्यक्ष नवराज श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न गरिएको भएको छ ।
कार्यक्रममा बोल्दै, चिन्तन केन्द्रले जेष्ठ नागरिकहरु लाई सम्मान गर्ने उद्देश्य रहेको बताउदै, नेपाल भुमिमा बृन्दा वन, बृन्दा वन भित्र जेष्ठ नागरिकको दिवा आश्रम बनाउने योजना रहेको बताउदै बक्ताहरुले जोड दिए । कार्यक्रमम समाजसेवी सोमनाथ सुवेदी, केन्द्रीय सल्लाहकार शैक्षिक व्यक्तित्व सरिता खनाल, धाम संरक्षक होमनाथ ढकाल, जग्गा दाता अरुण भद्र खनाल, समाजसेवी एवं त्रिनेत्र अध्यात्मका केन्द्रिय सदस्य केवल प्रसाद पौडेल, प्रदेश संयोजक श्री कुबेर न्यौपाने, त्रिनेत्र रुपन्देही जि. अध्यक्ष विजय श्रेष्ठ, कृष्ण शरण भुषाल लगाएतले शुभकामना मनतब्य राखेका थिए ।
केन्द्रका कोषाध्यक्ष चिरन्जिवि सुवेदीले कूल १ करोड ५९ लाख दुई २ सय ६२ रूपैया बराबर को आय व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत धामका केन्द्रिय प्रतिनिधि रामनारायण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र त्रिनेत्रेश्वरधाम जिमिरेभार शाखाका महासचिव वसन्त रेग्मीको रहेको थियो ।
सो अधिबेशनले लेखनाथ न्यौपानको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरिएको छ । जस्को वरिष्ठ उपाध्यक्षमा राम नारायण श्रेष्ठ, महिला उपाध्यक्ष चन्द्र कला पौडेल, महासचिव उमा अधिकारी, सचिव दुर्गा दत्त ढुंगाना र नरेश पंगेनी, कोषाध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ सदस्य टंक प्रसाद उपाध्याय चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमशः हरि माया भण्डारी, विष्णु प्रसाद उपाध्याय, चन्द्रकान्त ढकाल, कैलाश चौधरी, अर्जुन गौतम, मिना पौडेल र लालु प्रसाद पौडेल सर्व सम्मत चयन रहेकाे निर्वाचन आयुक्तका संयाेजक धुर्ब कुमार रेग्मीले बताउनुभयाे ।





