काठमाडौं ।
महिला अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि तालिवानले देशका अधिकांश महिलालाई काम छोड्न र बालिकालाई विद्यालय नजान दबाब दिएका छन् । तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन। महिला र अल्पसंख्यकका अधिकार रक्षा गर्ने बचन दिएको तालिवानले महिलालाई सरकारमा सहभागी गराउनुको सट्टा महिला मन्त्रालय नै खारेज गरिदिएको छ। तालिवानमा महिलाहरुले गरेको बिरोध प्रदर्सनलाई सरकार कडा एक्सनका साथै महिलालाई कुटपिट समेत गरेको थियो ।
आफ्ना अधिकार कटौती भएपछि काबुलमा महिलाहरूले विरोध प्रदर्शन गरेका छन्। तर, तालिवानले उनीहरूको प्रदर्शनलाई दमन गरेको छ। ‘हामी यो सरकार स्वीकार्दैनौं, त्यही भएर म सडकमा आएकी हुँ,’ प्रदर्शनकारी महिला सारा हुसेन भन्छिन्। उनी एक सातामा दोस्रो पटक प्रदर्शनमा सहभागी भएकी हुन्। ‘हामीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा तालिवान लडाकूले हस्तक्षेप गरेका छन्,’ अर्की प्रदर्शनकारी महिला जिया भन्छिन्।
प्रदर्शनमा सहभागी भएको भन्दै तालिवानले आफूहरूलाई निर्घात कुट्नेदेखि करेन्ट लगाउनेसम्म गरेको महिलाहरूको गुनासो छ। ‘उनीहरूले मलाई धेरै पटक यातना दिएका छन्। प्रदर्शनमा सहभागी भएको भन्दै अपमानजनक शब्द प्रयोग गरेका छन्। उनीहरूले हामीलाई भनेका शब्द सुन्दा पनि लाज लाग्छ,’ उनी भन्छिन्।
प्रदर्शनमा लडाकूले हस्तक्षेप गरेको भिडियो खिच्न खोज्दा तालिवानले अर्की महिलाको मोबाइल खोसिदिएका थिए। एजेन्सीहरु





