ठगी धन्दामा दैनिक करोडको कारोबार

61

बुटवल
ठगी धन्दा गरी दैनिक एक करोडको कारोबार गर्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न सामाजिक सञ्जालको सहयोगमा ऋण दिने र त्यसको अनैतिक ढंगले असुली गर्ने गिरोहलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । रुपन्देहीको जानकीनगरमा रहेको व्लु स्काई विजेनश शलुसन प्रा.लि (कल सेन्टर) बाट दैनिक रुपमा सर्वधारणहरु ठगिदै आएका थिए ।

‘अहिले तुरुन्त चुक्ता गर्ने भए चुक्ता गर नत्र तलाई कतै मुख देख्न नसक्ने बनाई दिन्छु ।’ आइतबार रुपन्देही प्रहरीले छापामारेको कल सेन्टरको एउटा कम्प्युटरबाट भारतीय नागरिकलाई पठाईएको म्यासेज हो यो ।
म्यासेज पठाउनु अघि नै ति भारतीयलाई आफ्नो टाउकोमा नग्न सरिर जोडेको अश्लिल फोटो पठाइसकेका हुन्छन् । आफ्नो नग्न तस्वीर देखेपछि भारतीय नागरीकको म्यासेज आउँछ म आज ४ बजे सम्म चुक्ता गर्छु ।

फेरी ४ बजेर ३ मिनेटमा यताबाट मात्रै होईन महिलासँग यौन क्रियाकलाप सम्बन्धी तस्वीर पठाउँछन र ११ हजार १२ हजार ऋण लिएका उनलाई २८ हजार तिर्न बाध्य पार्छन् । त्यती मात्रै होइन ति भारतीय नागरिकले १२ हजार ऋण लिएको भनिए पनि ८ हजार रुपैयाँ मात्रै हात पारेको कम्प्युटरमै रहेको अभिलेखबाट देखिन्छ । भारतीय नम्बरका मोबाइल नम्बरबाट ह्वाटसपको प्रयोगगरी अनलाई ऋण प्रवाह र अनलाइनबाटै मिटरब्याजमा रकम अशुली गर्ने उद्देश्यले सञ्चालित कार्यालयमा स्टीङ्ग अप्रेसन गरेको रुपन्देही प्रहरीलाई कारोबारको चुरो पत्ता लगाउनै हम्मेहम्मे परेको छ । रुपन्देही प्रहरीले तिलोत्तमाको जानकी नगरमा सञ्चालित अवैध कल सेन्टरको अनुसन्धानको जरो पत्ता लगाउन नसकेपछि गम्भिर अध्यायनमा लागेको बताएको छ ।
विशेष गरी भारतीय सर्वसाधरणलाई अनलाइन ऋण प्रवाह गरी मिटर ब्याजमा रकम असुल्ने र भनेको समयमा दिन नसके अश्लिल तस्वीर तथा भिडियो पठाई ब्ल्याकमेलिङ गर्ने गिरोहले दैनिक १ करोड बढी रकम ट्रान्जेक्सन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालीत रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा रहेको ब्लु स्काई विजेनश सलुशन प्रा.लि (कल सेन्टर) नामक कार्यालयबाट दैनीक सयौं सर्वसधारणलाई एप्लीकेसनको प्रयोग गरी गैर कानूनी कारोबार, ठगी तथा ब्ल्याक मेलिङ्ग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ ।
यहाँ काम गर्ने २ सय ४० युवायुवती नियन्त्रणमा लिएसंगै दैनिक करोड बढि ट्रान्जेक्सन हुने गरेको खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

जानकीनगरमा ५ तल्लाको घरमा ३ वटा फल्याट भाडामा लिई ३ सय बढी कम्प्युटर राखी युवायुवतीलाई प्रयोग गरेर भारतसहित विभिन्न देशका व्यक्तिलाई व्ल्याकमेलिङ गर्दै रकम माग गरिररहेको अवस्थामा प्रहरीले आइतबार छापा मारेको थियो ।
प्रहरीले कल सेन्टर सञ्चालन गर्ने भारतका दवाङसहित ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भने कार्यालयमा रहेका २६८ कम्प्युटरलगायतका उपकरण सिल गरेर राखेको छ । छापामार्ने क्रममा नियन्त्रणमा लिईएका २५० बढी युवा युवतीको मोबाइल जफत गरेर उनीहरुलाई हाजीर जमानीमा घर पठाएको छ । उनीहरु सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा हाजीर हुनेछन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले अश्लिल सामाग्री पठाउँदै रकमको बार्गेनिङ गर्ने र कतिपयलाई ब्ल्याकमेलिङ गर्दै रकम माग्ने गिरोह सक्रिय भएको थाहा पाएपछि छापा मारेको बताए । प्रहरीले कल सेन्टर सञ्चालन गर्ने ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये एक भारतिय नागरिक हुन भने बाँकी नेपाली रहेको केसीले बताए। नियन्त्रणमा लिइएका युवायुवतीलाई भने घर पठाइएको छ । ‘अहिले मोबाइल हामीसँग राखेर उनीहरुलाई छाडिएको छ । भोली अभिभावकसहित आएपछि केही सुधपुज गरेर मोबाईल दिनेछौं ।’–उनले भने । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मी कुनै एपको माध्यमबाट लोन प्रदान गर्ने भन्दै सर्वसाधरणलाई ठगि गरिरहेको अवस्थामा कल सेन्टरमा छापा मारेको बताए । कल सेन्टरमा काम गर्ने अधिकांश १८ देखि २१ बर्ष उमेर समुहका छन् ।

उनीहरुले सुरुमा ह्वाटसपमा लोनका बारेमा म्यासेज गर्ने र त्यसपछि लोन प्राप्त गर्ने कुनै आधिकारिक सरकारी कागजपत्र (जस्तैः रासन कार्ड) पठाएपछि अरु डाटाहरु संकलन गर्दै धम्काउने गरेको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।
‘कतिपयले रकम पठाउन ढिला गरे, त्यहि परिचय पत्रको फोटोमा अश्लिल फोटो गासेर बार्गेनिङ गरेको पनि भेटिएको छ ।’ –उनले भने ।
कल सेन्टरमा काम गर्नेलाई १२ हजार तलव र ईन्सेन्टिभ दिने गरेको त्यहाँ काम गर्ने युवायुवती बताउँछन् । ‘हामीलाई यो गैरकानुनी हो भन्ने थाहा थिएन । कक्षा १२ पास गरेपछि फुर्सदमा काम गर्न आएकी हुँ । तर यस्तो अबैध काम हो भन्ने थाहा थिएन ।’ कल सेन्टरमा १ महिनादेखि काम गरेकी बुटवलकी एक युवतीले बताइन ।
उनका अनुसार त्यहाँ काम गर्ने विभिन्न व्यक्तिलाई कोर्ड दिन्थ्र्यो । कोर्ड अनुसार उनीहरुले ईन्टेन्सीप फरक–फरक पाउने गर्दथे । प्रति व्यक्तिले कति जनाबाट रकम उठाउन सक्थे त्यहिअनुसार प्रति व्यक्ति ३ जना बराबर एक सय रुपैयाँ इन्टेन्सीप बापत काम गर्ने युवा युवतीले प्राप्त गर्ने गर्दथे ।

उनीहरुले कुनै पनि एप थ्रो बाट डिजिटल लोन १६ सयदेखि अधिकक्तम १४ हजार सम्म दिने गर्दथे । लोनका लागि सुरुमा रकम पठाउने र त्यसपछि फिर्ता हुँदा बढ्ने भन्दै उनीहरुले प्रलोभनमा समेत पार्ने गर्दथे । यतिसम्मकी कल सेन्टरमा रहेका युवायुवतीलाई के भनेर बोल्ने बारेमा कापीमा समेत लेखेर सिकाईने गरिन्थ्र्यो । ‘सुरुमा उनीहरुले राम्रो तरिकारले डिल गर्ने, पछि कुरा राम्रो हुँदै गए विश्वास जितेर लोनका लागि पैसा माग्ने गरेको देखियो । यदि अटेर गरे अश्लिल सामाग्रीमा टाउको जोडेर पठाउँने गरेको फेला प¥र्यो ।’–रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताए । यसबाट कति व्यक्ति पीडित बनेको र उक्त रकम कसरी नेपाली खातामा जम्मा हुने वा कहाँ जम्मा हुनेबारेमा विस्तृत अनुसन्धान पछि मात्र थाहा हुने उनले बताए । साभारःलुम्बिनीदैनिक