8.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

जहाजको इन्जिनमा समस्या, फर्काइयाे जहाज….

- Advertisement -

काठमाण्डाै – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए ।

अहिले जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । ‘जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको रहेछ, त्यसैले पाइलटहरूले काठमाण्डौ फर्काउनुभएको हो’, मानन्धरले भन्नुभयो ।

एउटा इन्जिनले काम नगर्दा पनि अर्को इन्जिनले पूर्ण क्षमतामा काम गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षित अवतरण गराइएको मानन्धरले बताउनुभयो । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme