प्रतापपुर नवलपरासी
जनता प्रगतिशिल पार्टी नेपाल परित्याग गरि गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षस्तरका कार्यकर्ता बुधवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसकाे आमसभा चलिरहंदा त्रिपाठीकै गाउँपालिका प्रतापपुरका सयाैं कार्यकर्ताहरू जप्रपा परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् । यस प्रवेशले त्रिपाठीलाइ ठुलाे धक्का पुगेकाे छ ।
जप्रपा का राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीकाे आफ्नै गाउँपालिका प्रतापपुरमा अध्यक्ष पदका लागि उम्मेदवारी करमहुसेन अन्सारी एक हप्ता अघि नै काँग्रेस प्रवेश गरिसकेका छन् । बुधवार त्यस पार्टीका वडाध्यक्ष पदका लागि उम्मेदवारि गरेका युवराज माैर्य आफ्ना दर्जनाैं कार्यकर्ताका साथकाँग्रेसमा प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी गरेका सन्ताेष हरिजन लगायक केही व्यक्तिहरू काँग्रेसमा प्रवेश गर्दा आमसाभामा प्रवेशकाे लहर नै बनेकाे थियाे ।
जप्रपा का अध्यक्ष त्रिपाठीका स्थानीय कार्यकर्ताहरू जुन विगत दुइ दशकदेखि वर्षदेखि उनीसित सहकार्य गरि दलमा बसेका थिए । उनीहरूले पार्टी परित्याग गरि काँग्रेस प्रवेश गर्ने क्रममा त्रिपाठीले जनताकाे तथा कार्यकर्ताकाे हितमा काम नगरेकाे र नीजि स्वार्थका लागि मात्र राजनीति गरिरहेकाे आराेप लगाए ।

आमसभामा प्रमुख अतिथी रहनु भएका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रतिनिधीसभामा उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनाेद चाैधरी जस्था विकासका संवाहक पाएकाले यस क्षेत्रका मतदाता भाग्यमानी रहेकाे बताए । कसैले विगत २६ वर्षदेखि बन्धक बनाएकाले यस क्षेत्रकाे विकास राेकिएकाे भन्दै यस क्षेत्रकाे विकासकाे ढाेकाे खुलेकाे बताए ।

प्रतिनिधीसभामा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनाेद चाैधरीले यस क्षेत्रकाे विकास गर्नु मेराे जिम्मेवारी मात्र नभएर मेराे जीवनकै सफलताकाे चुनाैती बनेकाे छ । जनताले यसरी नै साथ दिए यस क्षेत्रकाे कायापलट हुनेमा दुइ मत नरहेकाे ठाेकुवा गरे ।

नवलपरासी पश्चिम प्रदेश सभा ख का उम्मेदवार देवकरन प्रसाद कलवारले नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनाेद चाैधरीलाइ प्रतिनिधीसभामा उम्मेदवार पाएर यस क्षेत्रकाे भाग्याेदय हुने दिन आएकाे बताएका छन् ।
प्रतापपुरकाे आमसभामा करिब ३ हजार बढीकाे उपस्थिती रहेकाे थियाे ।





