चीनको हेपहा प्रवृत्ति

53

काठमाडौं । नेपाल आफैमा एक सार्बभौम रास्ट्र हो , यसको आफ्नै अस्तित्व र अस्मिता छ । सानै भए पनि नेपालको मौलिक किसिमको भौगोलिक विविधता छ । नेपालको धार्मिक मान्यता र सास्कृतिक परम्परा पनि बिश्वकै रास्ट्रहरुमध्येको एक हो । यो नितान्त स्वाभाविक हो कि कुनै रास्ट्र आर्थिक मापदण्डमा सबल र हुन सक्छ । धन धनत्व र भौगोलिक क्षेत्रकका आधारमा भिन्नता हुनु अति सामन्य विषयक हो । राजा पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुङ्गा विचको तरुल भनेर ब्याख्या गरेर नेपालको क्षमताको चर्चा गरेका थिए । यसलाई दुई बिशाल रास्ट्रहरु भारत र चीन बिचको एउटा् स्वतन्त्र हिस्साका रूपमा अटाउन खोज्दै नेपालले दुबै रास्ट्रहरु बाट समुचित सुबिधा उपभोग गर्न सक्छ भन्नेतिर ईङित गरेका हुन । वास्तमा भारत संग नेपालको सम्बन्ध प्रगाढ छ । नेपाल – भारतको सास्कृतिक र धार्मिक परम्पराहरु मुलतः एकै हुन , भाषा र ब्यवहार पनि धेरै थोरै एकै किसिमका छ्न । तर चीन संग भने उल्टो हुन पुग्यो । यो रित्तोपन वर्तमान समयमा त यति फराकिलो भयो कि चीन एक तवरले नेपालको शत्रु भन्दा पनि धेरै घातक रास्ट्र बन्यो । चीनले मित्रता नाममा नेपाललाई षडयन्त्र गरेर अनेक प्रयत्नहरु गरीरहेका छन । आफ्न कुटिल योजना अन्तर्गत नेको अर्थतन्त्र ध्वस्त बनाउने , परतन्त्र राख्ने , नेपाली सस्कृती र परम्परा मास्ने काम चीनबाट निरन्तर रूपमा भईरहेका छ्न ।
नेपालका राजनीतिज्ञ पनि चीन बाट अनावश्यक रूपमा प्रभावित भई रास्ट्रलाई ऋणको भडखालोमा हाल्न उद्र्त देखिन्छ । सुझो न बुझो भने यस्तो चीनको हरेक परियोजनामा सामेल हुने , कम्युनिस्ट एकताको नाममा चीनको निर्देशनलाई सर्बोपरी मान्ने , कुनै दुरगामी सोच बिनै जता भने त्यतै लहै लहैमा लाग्ने र सिमित स्वार्थको निम्ति रास्ट्र हित विरुद्ध निर्णय लिने प्रवृत्तिले नेपाललाई दिन दिनै क्षति गरिरहेको छ । भारतसंग त कमसे कम भाषाको समान ब्यवहार गर्न सकिन्छ , जन स्तरको सम्बन्ध एउटा् अनुपम सुन्दर विषय हो ।
तर चीन सङ नेपालले आफ्न विषयहरु सम्प्रेषण गर्ने आधार पनि छैनन् । यी त राजनैतिक अदुरदर्सिताका कारण ,नेपालले भोग्न परेका समस्याहरु हो ।

अर्को मुल समस्या के छ भने चीनले नेपालको सामाजिक संरचना पनि धेरै हदसम्म ध्वस्त बनाएको छ ।
ठमेल जस्तो नेपालको पारम्परिक आकर्षण पर्यटकिय स्थलमा नाना थरिका गैर कानुनी क्रियाकलापहरु संचालन गरेर यसको विशेषतालाई हानी पुर्‍याएको छ ।
हाल सालै नयाँ बानेश्वरमा चिनियाँ नागरिकहरुद्वारा नेपालको स्थापित कानुन प्रणालीको धज्जी उडाउने काम भएको छ । साधारण भाषामा भन्नुपर्दा चीनले केही बर्ष यता नेपालमा आफ्नो बर्चस्व देखाईरहेको छ । यी विषयको नाली बेलि केलाउन हो भने एउटा् लामो संकथन नै बन्न जान्छ ।बस नेपालीले नेपाललाई माया गर्न सक्नु पर्‍यो , आफ्नो भूगोल र राष्ट्रियताको रक्षा गर्न सक्नु पर्‍यो । यसको निम्ति चिनबाट हुन गई रहेका विभिन्न गतिविधि हरुलाई रोक लगाउन सरकार लगायत आम जनता सजग हुन आवश्यक रहेको छ ।