5.3 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ : गच्छदार

- Advertisement -

मोरङ — सुनसरी क्षेत्र नं ३ मा पहिलो पटक पराजित भएका कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठाइरहेको बेला गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्ने बताएका हुन् ।

‘२०४८ र २०५१ मा कांग्रेस नेतृत्वको र २०७४ को तत्कालीन नेकपा नेतृत्वको सरकारको बहुमत हुँदा पनि राजनीतिक स्थिरता हुन नसकेको उदाहरण छ,’ उनले भने, ‘त्यसैले यसपटक सत्ता गठबन्धनलाई बहुमत भए पनि ५ वर्ष ढुक्कले सरकार चलाउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउनु पर्छ ।’

अहिलेका नयाँ पार्टीका नेतृत्वहरुले राष्ट्रलाई सर्वोपरी ठानेर देशमा राजनीतिक स्थिरता दिन सक्नुपर्ने गच्छदारको भनाइ थियो । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि आफूले स्थिर सरकारका लागि सघाउन आग्रह गरेको सुनाए । ‘मुलुकमा राजनीतिक स्थिरताका लागि यादवले सत्ता गठबन्धन नछाडेको भए कांग्रेस नेतृत्वको गठबन्धनको अहिले बलियो सरकार बन्ने अवस्था हुने थियो,’ उनले भने, ‘तर त्यस्तो हुन सकेन त्यसैले अब पनि उपेन्द्र यादवजीले देशमा स्थिर सरकारका लागि गम्भीर बन्नुपर्छ ।’

कांग्रेसमा सरकारको नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने आवाज उठिरहेको अवस्थामा गच्छदारले नेतृत्वमा पुस्तान्तरण नियमित प्राकृतिक प्रक्रिया भएको तर अहिले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमात्रै पुस्तान्तरण हुने बताए । मुलुकमा प्रजातन्त्र पुनर्स्थापित भएदेखि सुनसरी-३ बाट लगातार ६ पटक जितेका गच्छदारको सातौं पटकमा अपराजित यात्रामा बिराम लागेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनलाई पराजित गरेर एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।

गच्छदारले जनाधार नै नभएका माओवादी केन्द्रलाई गठबन्धनको भागबन्डामा ३(१) मा प्रदेशसभा सदस्य उम्मेदवार बनाउनु र सुनसरीमा जनाधार रहेको जनता समाजवादी पार्टी एमालेसँग गठबन्धन हुनु आफू हार्नुको प्रमुख कारण भएको बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme