मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर रहेकाले आज देशका अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा हुने स्थानहरूमा पनि हल्का वर्षामात्र हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै स्थानमा, साथै गण्डकी प्रदेशका पश्चिमी भेगका केही भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ। बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर छ।
आज दिउँसो देशका पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। राति पनि त्यस्तैगरी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।















