लुम्बिनी ।
लामो समयको ईतिहास बोकेर लुम्बिनी क्षेत्रमा चराचुरुङ्गी तथा वातावरण संरक्षणको काम गर्दै आएको संघ संस्थाले संरक्षणको नाममा समाजलाई गुमराह गरेको छ ।
अहिले ती संघ संस्थाहरुले चराचुरुङ्गी तथा संरक्षणको लागि बिदेसी संघ संस्थाहरुसग मिलेर प्रपोजल बनाई नेपाल सरकारको आखामा छाराे हाली मोटाे रकम कमाउने गरेका छन।
कहिले संरक्षणको नाम्मा , त कहिले चराचुरुङ्गीको जनसंख्या वृद्धि गराउने नाममा ,त कहिले कहि त चराचुरुङ्गीलाई विष खुवाएर मर्न लगाउने समुहको नाममा प्रपोजल बनाई पुनः चराचुरुङ्गी हात्याको संरक्षण गर्ने बहाना देखाएर प्रपोजल मार्फत ठुलो रकम कमाउने गरेका छन।
३/४ दशकदेखि लुम्बिनी वरिपरि धेरै जसो संघ संस्थाले लामो समयदेखि यस्तै डलरको खेती गर्दै आएको देखिन्छ । त्यति मात्रै कहा हो र! लुम्बिनी बिकास कोषभित्र रहेको लुम्बिनी सरस संरक्षण संस्था र बिश्वजन्तु कोषले लामो समयदेखि के संरक्षण गरेका होलान् त्यहि बुझ्न् सकिएन? सारस संरक्षण संस्थाले लुम्बिनीको गुरुयोजनाको सय हेक्टर जग्गा सरस संरक्षणको नाममा ३/४ दशकदेखि कति प्रतिशात सरस संरक्षण गरेको छ त्यसको अहिलेसम्म खोई तथ्यांक सर्बजनिक गरेको ?
लुम्बिनी गुरुयोजनाभित्र भ्रष्टाचार गरेको बाहेक अहिलेसम्म गुरुयोजनाको बाधाक मात्रै रहेको देखिन्छ ।जुन ठाँउमा सय हेक्टर क्षेत्र ओगटेर बसेको रहेको छ त्यो क्षेत्र त गुरुयोजनाको नयाँ गाउँ बसाउने योजना होईन र ? त्यति मात्रै कहा हो र ! कोषभित्र वन्यजन्तु कोषले ठुलो रकम खर्च गरेरे १२/१५ लाख बोट बिरुवा रोपेको र कोषभित्र रहेकोको जीवजन्तु संरक्षणको नाममा खोई बोट बिरुवाहरु? आफै बिरुवा रोप्ने र आफै आगो लगाई जलाई आर्को प्रपोजल बनाई डलरको खेती गरेको देखिन्छ । के यो लुम्बिनी गुरुयोजना त ७ सय ७० हेक्टर क्षेत्रफलमा कसरी १२/१५ लाख बिरुवा रोपेको होला। एक हेक्टरमा कति बिरुवा रोपिनछ त्यसको अन्तर्राष्ट्रिय नियम छ कि छैन ।जीवजन्तु बिक्री वितरण र मारेर खाएको पटक पटक सर्बजनिक भएको हो।खोई नेपाल सरकारको बन्यजन्तु ऐन कानुन लागु भएको? के यो गुरुयोजना अनुसार निर्माण हुने गुरुयोजनाको लागि नेपाल सरकारले ९वटा गाउँ अधिग्रहणको लागि हो कि गुरुयोजनाको नाममा कालानामक धान, गहु र ड्रागन खेति गर्न जग्गा लुम्बिनीका स्थानीयहरुले दिएका हुन।
खेति गर्न छ भने नेपाल सरकार एवं लुम्बिनी बिकास कोषले पुनः किन ९ वटा गाउँ बिस्थापित गरेको होला? यिनै गाउलेलाई खेती गर्न दिए पनि हुन्छ नि ?

प्रस्तुती: प्रहलाद यादव















