उमेश बि.क, २ माघ/ नवलपरासी 
नवलपरासीको सरावल गाउँपालिकामा जारी ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीतामा अाज बुधवार भएकाे खेलबाट २८ बिगहा कावासाेति फाइनलमा प्रबेश गरेकाे छ ।
अाज भएको प्रतियोगिताको सेमिफाइनलमा बर्दघाट फुटबल क्लब बर्दघाटलाई ० को बिरुद्ध १ गोलले पराजित गर्दै २८ बिगहा कावासाेति फाइनलमा प्रबेश गरेको हाे ।
२८ बिगहा कावासाेतिका खेलाडी रुमेश बडताैलालाइ म्यान अफ द म्याच घाेषित गरिएकाे छ । भाेलीकाे सेमी फाइनलकाे खेल देशभक्त युवा क्लब मगरमुडहा र बुटवल फुटबल क्लब बुटवल बिच खेल हुने आयोजकले जनाएको छ । 
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार र द्धित्तीय हुने समुहलाई ७५ हजार साथै गोल्ड मेडल प्रदान गरिने अध्यक्ष महेन्द्र चौधरीले बताउनुभयो ।