हिन्दु धर्म रक्षा तथा शिव मन्दिर विकास गर्ने उदेश्यका साथ नवलपरासीमा महायज्ञ संचालन

संजय कुशवाहा नवलपरासी ४ जेष्ठ ।

नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वार्ड न. ५ बैदोलीमा आज सुक्रवारदेखि विष्णु महायज्ञ वृहद कलस यात्राका साथ संचालन भएको छ । हिन्दु धर्मको रक्षा तथा स्थानीय शिव मन्दिरको विकास गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।

महायज्ञमा सहभागी स्थानीयवासीहरू छरछिमेकमा रहेका गाउंहरू बेतहानी, बसहिया, जगरनाथपुर, गुठी सुर्यपुरा हुदै कलशयात्राका साथ वडा परिक्रमा गरिएकाे थियाे । महायज्ञ प्रदेश सभा सदस्य अजय बहादुर शाहीले उदघाटन गर्नु भएको थियो ।

कलशयात्रामा हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो भने महायज्ञमा दैनिक बिहान ६ बजे देखि १० बजेसम्म हवन र परिक्रमा, दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन साझ ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम संचालन गरिने बताईएको छ ।

माहायज्ञ जेठ १२ गतेसम्म संचालन हुने बताईएको छ भने दयासागर उपाध्यायले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।