बिज्ञापन

काठमाडौं । सशस्त्र प्रहरी बलमा डीआईजी बढुवा प्रकृया शुरु भएको छ । सशस्त्र प्रहरीमा रिक्त चारजना डीआईजीलाई बढुवा लागि आवेदन माग गरेर प्रकृया शुरु गरिएको हो । गृह मन्त्रालयको बढुवा समितिले बिहीबार राती सूचना प्रकाशित गर्दै सूचनाबमोजिम सात दिनभित्र मूल्याङ्कन फाराम भरेर बुझाउनु पर्नेछ ।बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा हिजोको निर्णयानुसार बढुवाको निम्ति सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी फाराम पेश गर्न भनिएको छ ।

रिक्त रहेको सो पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा उम्मेदवार छन् । अहिलेको बढूवामा दीपेन्द्र कुँवरको इच्छा र चाहाना भएपनि सरकार फेरिएसँगै उनको बढुवामा असर परेको छ ।

गत साउनमा बढुवा भएको अर्को समूहका १४ जनामध्ये २ नम्बरमा रहेका दिपेन्द्र कुँवर (ख) ले पनि आफू बढुवाको निम्ति योग्य भएको बताउँदै आएपनि उनको अघिल्लो बढुवा रकेट गतिमा भएकाले त्यही रोकिने सशस्त्र स्रोतले जनाएको छ ।

अहिले प्रबन्ध शाखाको जिम्मेवारी सम्हाली रहेका कुँवरलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाको पहलमा रकेट गतिमा बढुवा गरिएको थियो । सरकार फेरिएपछि उनी त्यही प्रवन्ध शाखामा रमाएर बस्नुपर्ने भएको छ । धेरै नै विवाद भएपनि आईजीपी राजु अर्यालले पनि उनको विषयमा निर्णय गर्न नसक्ने भएकाले सशस्त्रमा डीआईजीको बढुवा निष्पक्ष हुने बताइएको छ । नेपालबहस

दशैँ -बिज्ञापन