सवारी दुर्घटनामा १ जना बालकको मृत्यु

9

पप्पु रेग्मी, बर्दघाट, १५ भाद्र
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बन विभाग अगाडि सवारी दुर्घटनामा परि एक जना वालकको ज्यान गएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाटो काट्ने क्रममा सो दुर्घटना भएको हो ।
हेटौडाबाट जन्ति लिएर धनगडी तर्फ जादै गरेको से। १ च २२३३ नम्बरको स्कार्पियो गाडि अनियन्त्रित भई वालकलाई ठक्कर दिदा बारा कलैया घर भई हाल बर्दघाट बस्दै आएका वर्ष १० का सविन मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडिको ठक्करबाट गम्भिर ती वालकलाई उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । ठक्कर दिए पछि अनियन्त्रित स्कार्पियोले विपरित दिशाबाट जादै गरेको लु २९ प १८९३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक र स्कार्पियोमा सवार सबै मानिसहरु सकुसल रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिनुभयो । मृतक बालकको शव पोष्टमार्टमकोलागि पृथ्वी चन्द्र अस्पताल परासी लगिएको छ भने ठक्कर दिने सवारी र चालक ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

Advertisement