Advertisement

नवलपरासी – पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नम्बर ४ मा बसाेवास गर्दै आएका सुकुम्बासीहरूले आफुहरू बस्दै आएकाे जग्गाकाे लालपुर्जाकाे माग गरेका छन । यस क्षेत्रमा विगत पाँच दशक देखि लालपुर्जा पाउने आशामा रहेका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए आफुहरूले निर्वाचनमा सहभागी नहुने बताएका छन ।
गाउँ गाउँमा स्थानीय तहको निर्वाचनको प्रचार तीब्र हुदैं गर्दा सुकुम्बासी मतदाता बढी भएका क्षेत्रमा ‘नो लालपुर्जा नो भोट’ को नारा चर्काउदै लैजाने सुकुम्बासीहरुले माग गरेका छन ।

आईतवार बर्दघाटकाे मर्चाघाेला गाउँबाट निकालिएको सुकुम्बासीहरुको जुलुस बर्दघाटको मुख्य बजारकाे परिक्रमा गर्दै पुनः गाउँकै चौतारोमा पुगेर कोणसभामा परिणत भएको हाे ।
उनीहरुले २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आएका जन प्रतिनीधिले सुकुम्बासी दलहरुसंग भोट माग्न आउने गरेको जति वटा सुकुम्बासी आयोग बने पनि आफुहरुको पक्षमा काम नगरेकोले दलहरुलाई यस पटक गाउँबाट भोट नदिने सल्लाह भएको स्थानीय बिष्णु गैरेले बताए । पटक पटक आश्वासन पायौ लालपुर्जा पाएनाै
अब भाेट माग्न आउने नेताहरूले सुकुम्बासीकाे समस्या समाधान नगरे नाे लालपुर्जा नाे भाेट भन्दै आन्दाेलन गर्ने जनाएका छन ।

Advertisement

नव दुर्गा संरक्षण मन्दिर, गाँउको युवा क्लब, महिला समुह, मन्दिर समितिलगायतका संघ संस्थाको आयोजनामा संर्घष गरिएकाे बताए ।

कार्यक्रममा स्थानीय अगुवा चुडामणि भण्डारी, नव दुर्गा संरक्षण मन्दिर समितिका सचिव बीर बहादुर तमु, मर्चाखोला आदर्श युवा क्लबका अध्यक्ष घनश्याम ढकाल, सचिव अश्विन परियार लगायतले सुकुम्बासीहरूकाे सुनुवाई हुनुपर्ने बताए ।

उनीहरूले १७ सदस्सीय सुकुम्बासी संर्घष समिति समेत गठन गरेका छन् ।
,

Advertisement