बिज्ञापन

जनकपुरबाट भैरहवातर्फ जांदै गरेकाे बस राेहिणी नदीकाे पुलबाट तल नदीमा खसेकाे हाे ।

नवलपरासी – जनकपुरबाट भैरहवातर्फ जांदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेपछि ९ जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार आइतवार विहान करिब साढे ४ बजे उक्त खोलामा बस खसेपछि ३२ यात्रु घाइते भएका छन् । प्रहरीले दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा भर्ना गरेको जनाएकाे छ । 

Advertisement

जसमध्ये युनिभर्सलमा भर्ना भएकामध्ये ५ र भीम अस्पतालका ४ गरी ९ जनालाई अस्पतालले मृत घोषणा गरिसकेको अस्पताल सम्बद्ध स्रोतले जानकारी दिएको छ । 

ट्राफिक प्रहरी प्रमुख केशव केसीले घटनास्थलमा प्रहरी तत्काल पुगेको र बसलाई निकालेर घाइतेहरुको उद्धार गरी अस्पताल पुर्‍याएको बताए ।

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघि पनि पटक पटक गाडीहरु खोलामा खस्ने गरेका छन् ।

 

यस्ता घटना प्रायः बिहानको समयमा हुने गरेको स्थानीयको भनाइ छ ।

बिहानको समयमा लामो रूटका चालक निदाएको हुन सक्ने वा  पुल मोडमा रहेको कारण पनि चालकहरु झुक्किएर खोलामा खस्ने गरेको हुन सक्ने प्रहरीको अनुमान रहेकाे छ ।

Advertisement