11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

रमजान महिना आजदेखी शुरु

- Advertisement -

सहबान अन्सारी

ईस्लाम धर्मवलम्बीहरुको पबित्र महिना रमजान आईतबारबाट सुरु भएको छ। एक महिनासम्म चल्ने रमजान महिना यो बर्ष चैत२० गते आईतवार देखी सुरु भई बैशाख १९ गते सोमवारसम्म संचालन रहने बताइएको छ ।
रमजान महिनामा मुसलमानहरुले सूर्य उदाउनु भन्दा करिब अढाई घण्टा पहिला सेहरीकोरुपमा खाने कुरा खाई दिनभर केही नखाई उपवास बसी सूर्य अस्ताएपछि ईफ्तारकोरुपमा खानेकुरा फलफुल, मिठाईबाट आवतरित रोजा खोल्नु पर्छ। ईस्लामिक पात्रो अनुसार यो १४४४ औं रमजान महिना हो।
यो महिनामा कुनै पनि एउटा राम्रो काम गर्दा सत्तरी वटा राम्रो काम गरे बराबरको सवाब पाइने भएको हुँदा यसलाई बरकतको महिनासमेत मानिने चलन रहेको छ । रमजान महिनामा मुसलमानहरुले पाँच महत्वपूर्ण कार्य रोजा, नमाज,जकात,फितरा र हज गर्नु पर्ने तथा तिर्नु पर्ने परम्परा समेत रहेको छ ।
ईस्लामको महान धार्मिक ग्रन्थ कुरान आकाशबाट आवतरित भएको महिना भएको बिश्वासका लाथ यो महिना त्याग र समर्पणको साथै पवित्र महिना मानिन्छ । रमजान महिना समाप्त भै सौआलको महिना सुरु हुन्छ र यो महिनाको पहिलो दिन मुसलमानहरु ईदगाहमा गएर सामुहिक रुपमा ईदको नमाज पढि एक आपसमा अँकमाल मारेर ईद मुबारक भन्दै बधाई साटासाट गरी आपसी भाइचाराको संदेश दिने गर्छन् ।
ईद पर्व ईस्लाम धर्मावलम्बीहरुको महान पर्व मानिन्छ। नेपालमा करिब १० लाख मुसलमानहरु बसोबास गर्दै आएकाो आँकलन छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme