युवा नेताको विकासवादी सोच

0
334
बिज्ञापन

बलिराम गुप्ता
अष्ठधातु भएको विश्वको ठाउँहरु मध्ये एक प्रसिद्ध ठाउँ रामग्राम नगरपालिकाको उज्जैनी । अर्थात भगवान गौतमबुद्धको समाधिस्त खरानी (जसमा विभिन्न तत्वहरु मिसेका)। त्यही भुभागहरुको सँरक्षणको जिम्मेवारी विगत पाच वर्ष देखि निर्वाह गर्दै आएका छन् जनताका सेवक भनेर रुचाउने नरेन्द्र कुमार गुप्ता ।

मेयर विगत करिब पाँच वर्ष देखि जनताको सेवामा तल्लिन भइरहन्छन् भनी स्थानियहरु बताउँदछन् । आफ्नो कार्यकालमा रामग्राम स्तुपको विकास र पहिचान विश्व भरी दिलाउँन अह्म योगदान गर्दै आएका छन् ।

Advertisement

हामी सबैलाई अवगत नै छ रामग्राम स्तुपको पहिचान स्थापित गर्न स्पेनको सँसद कक्षमा जोडदार रुपमा आफ्नो मन्तव्य राखेका थिए । त्यति मात्र होइन, रामग्राम स्तुपको पहिचानको लागि स्पेनका मन्त्री, साँसद ,बौद्धिक व्यक्तित्वहरुलाई समेत अवगत गराएका थिए ।

रामग्राम स्तुपको आर्कषणमा धेरै इटा थप्नु भएको हामी पाउन सक्दछाैं । आज पर्यटनको आधार मानिने होटलहरु र बिश्राम स्थलहरु खुल्न थालेका छन, बाटो फराकिलो भएका छन् । पर्यटनलाई थप मद्त पुगोस भनेर रामग्राम जाने बाटोतिर परासीमा घण्टाघरको निर्माण समेत थालिएको छ र एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको मेयर बताउँदछन्।

एउटा चर्चित भनाई छ ”रोम एक दिनमा बनेको होइन” । मेयर विगत करिब पाँच वर्ष देखि रामग्रामको विकासको साधनामा तल्लिन छन् भनी स्थानियहरु बताउँदछन। लुम्बिनी विकास कोषभित्र रामग्राम स्तुप राखिएको कारणले पनि स्थानिय निकायले विभिन्न किसिमको भौतिक सँरचना बनाउन सकिरहेको अवस्था छैन र विकास गर्न सकिरहेको छैन ।

लुम्बिनी विकास कोष रामग्राम स्तुपको विकासको बाधक भएको बेला बेलामा चर्चा हुने गर्दछ । यो विषयका विषयमा संघीय सरकारले चासो दिनु अति आवश्यक छ । चुनावको बेला घोषणा गर्ने र झुटो आश्वासन दिने कारणले नेपाली जनताहरु पीडित भइरहदाँ रामग्रामका मेयर आफुले गरेको वाचालाई पुरा गर्न एक मिनेटको समयलाई समेत खेर नफाली निरन्तर रामग्रामको गरिमालाई जोगाउन लागिपरेको जस्तो आभाश हुन्छ।

मेयरको मुख्य ध्येय पर्यटनलाई आर्कषित गर्नु रहेको छ, त्यहि कुराहरुलाई मध्यनजर गरी गौतम बुद्धको मावली पण्डितपुरमा करोडौको लगानीमा बुद्ध गार्डेन बनिरहेको हामी पाउन सक्दछौं । हो पनि आजको विश्वमा पर्यटन देश तथा स्थानियको आर्थिक विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । हामी प्रायः सुन्ने गर्छौ, भारतीय प्रधानमन्त्रीको भाषणमा “पर्यटनको विकास गर्नुपर्दछ” भनेर । आर्थात पर्यटनले समग्र विकास गर्दछ । ती कुराहरु प्रभावित भई मेयरले प्रर्यटनको विकास गर्नुपर्दछ भनेर जोड दिन्छन् ।

उनको कामको गतिशिलतामा कोभिड १९ ले ठुलो असर गरेको भनी उल्लेख गर्दछन् । कोभिड १९ सँग लडीबुडी पनि रामग्रामको आधुनिकीकरण गर्न सफल भएका छन् भन्ने जगजाहेर छ । हामी हेर्न सक्छौं, बुद्ध चोकदेखि निलोगेटसम्म र परासी —भैरहवा सडक खण्डसम्म बाटो आर्कषक देखिन्छन् । त्यति मात्रै होइन, हरियाली शहरको रुपमा विकास गर्ने काम अगाडी बढाइरहेका छौ भनी मेयर भन्नुहुन्छ ।

वर्षौदेखि पिछडिएर रहेको रानीपाकड, लङकहवा जस्ता अरु गाउँहरुलाई नमुना गाउँको रुपमा रामग्राम नगरपालिकाले विकास गरेको छ । त्यसै्गरी आज धैरे पुल, कलभर्ट, बाटाहरु बनिसकेका र बन्ने क्रममा छन् । त्यसैगरी नगरपालिकाको लक्ष्य सुशासन पनि हो। त्यसको अभिवृद्धिको लागि रामग्रामले इअटेन्डेन्स र इबिडिङमा जोड दिइरहेको छ ।

रामग्रामको समग्र विकासको लागि भौतिक पुर्वाधारहरु तीव्र गतिमा बनिरहेका छन् । नगर भित्रका बाटोहरु पनि बनिरहेका छन् । शिक्षाको कुरा गर्ने हो भने शैक्षिक स्तरपहिलाको तुलनामा धेरै सुधार भएको पाउछौ । आर्दश मा वि परासी ले नमुना विघालयको अवधारणा अर्न्तगत परेको छ । त्यति मात्रै हैन विद्दालयको पुर्वाधारहरु पनि बनेका छन र बन्ने क्रममा छन । त्यसै गरी मधेशको समाजलाई कसरी समाजिक स्तरमा उकास्न सकिन्छ भनेर लागिपरेका छन् । त्यति मात्रै होइन गरिबहरुको लागि खाद्दान्नको व्यवस्था गर्ने गरेका छन ।
अहिलेको जल्दो बल्दो विषय भनेको युवा बेरोजगारी ।अहिले धेरै युवाहरु वेरोजगार भई विदेसिनु परेको छ । यो देशकै मुल समस्या हो । युवाहरु लाई रोजगारी उपलब्ध गराउन औधोगिक ग्रामको बिकास गर्न लागिपरेका छन् । कोभिडको बेला लकडाउनको अवस्थामा दिनरात नभनीकन जनताहरुको सेवामा तल्लिन थिए भनेर स्थानियहरु बताउँदछन् । रामग्रामको क्षमताले भ्याएसम्म जनताको सेवामा महामारीको बेला अभ्यस्त थिए । हामीलाई थाहा छ महामारी भनेको ठुलो सँकट हो भनेर । तथापि सँकटमा जनताहरुको समस्या निराकरणको लागि तल्लिन थिए । त्यसै गरी छोरी हुदा गर्वको गराउन को लागि साउन यता जन्मेको छोरीहरुको बिमा रामग्रामले निशुल्क गरिदिने भएको छ ।
आगामी दिनहरुमा औघोगिक विकास, पुर्वाधार, सरसफाई, पर्यटन र झरही खोलाले पुर्याउदै आएको समस्याको समाधानको निम्ति लागिपर्ने मेयर बताउँदछन् । काम गर्न विभिन्न बाधा व्यवधानहरु सँग जुझ्दै रामग्रामको विकाशको निम्ति अगाडि बढेको उनको भनाई रहेको थियो । पर्यटनबाट केही हदसम्म बेरोजगारीको अन्तय गर्ने उनको लक्ष्य रहेको छ ।हामी लाई थाहा छ पर्यटन बाट सम्बन्धित ठाउँको सबै व्यक्तित्वहरुलाई आम्दानी हुन्छ, यतिसम्म कि चटपटको व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि । साकारात्मक सोचका धनि मेयर रामग्रामवासीको जिवनस्तर सुधार्न चिन् तित देखिन्छन् । उपमेयर, सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोगले रामग्राम बिकसित र बिकासका कामहरु बघि बढेका छन् भनी स्थानियहरु भन्दछन् ।
रामग्राम एक निडर, विकासप्रेमी, दुरदर्शी मेयर पाएर समृद्धिको यात्रामा अनवरत रुपमा अगाडी बढेको छ ।आगमी दिनहरुमा पनि यस्तै मेयर रामग्रामले पायो भने पक्कै पनि यसको मुहार झन् चम्किलाे हुनेछ भनी एक शिक्षक बताउँदछन्। रामग्राममा अझ धैरै कामहरु गर्न बाँकी रहेको मेयर बताउँदछन्

Advertisement