Advertisement

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको क्षतिको समेत अध्ययन गरिरहेको एएनआईले जनाएको छ ।

Advertisement

भारतीय सेना रुसी हतियारको महत्वपूर्ण प्रयोगकर्ता हो । रुसी शैलीका टी ९० एवम् टी ७२ ट्यांक तथा बीएमपी नामक बख्तरबन्द गाडीलगायतका सैनिक सवारी भारतीय सेनामा समावेश छन् ।

विगतमा पाकिस्तानको सीमाक्षेत्रमा तैनाथ गरिएका यस्ता उपकरणलाई भारतले हाल चीनको सीमा क्षेत्रमा पनि तैनाथ गरिरहेको एएनआईले जनाएको छ ।

Advertisement