मर्चवार क्षेत्रमा २० लाखकाे भवनकाे शिलान्यास

0
37
Advertisement

लुम्बिनी रुपन्देहीको पछडिएको मानिने मर्चवार क्षेत्र मायादेबी गाउँपालिका बडा नं ७ स्थित गैरगट्टी रामदुलारे मिश्रा माध्यमिक बिद्यालयको दुईकोठे भवनको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारको २० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको शुक्रबार नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै काँग्रेस जिल्ला सभापति खाँणले बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागी पार्टीले बिगत देखिनै पहलगर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । बिकासको पहिलो खुडकिलो नै शिक्षा भएको भन्दै उनले शैक्षिक बिकासका लागि एक जुट भएर लाग्न सबैलाइ आग्रह गरे ।

Advertisement

उनले उक्त बिद्यालयलाई निकट भविष्यमै कक्षा १२ सम्म प’रयाउन आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको बताए । बिद्यालयको भौतिक सुधारका लागि मायादेवी गाँउपालिकाले १० लाख तथा सम्बन्धित बडा नं ७ ले छुट्टै ८ लाख पचास हजार बजेट बिनियोजन गरेको मायादेवी गाँउपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले जानकारी गराए ।

उनले शिक्षाको बिकासका लागी गाँउपालिका प्रतिबद्ध रहेको भन्दै बजेटको सदुपयोग गर्न आग्रह गरे । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष योगेन्द्र यादवले बिद्यालयको भौतिक सुधार हुन लागेको बताए ।

उनले बिद्यालयको स्तरबृद्धी सहित क्याम्पस संचालनका लागी ७ करोडको डिपीआर बनीसकेको बताउर्दै गृहमन्त्री बालकृष्ण खाँणको पहलमा तत्कालै ६० लाख बजेट संघीय सरकारबाट बिनीयोजन हुनलागेको समेत जानकारी गराए ।

Advertisement