भारतीय कुखुराकाे खुलेयाम अवैध व्यापार (तस्करी)

नवलपरासी ११ बैशाख

जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रमा भारतीय बजारका कुखुरा बिना चेकजांच नेपाली बजारमा धमाधम पैठारी तथा बेचबिखन भैरहदा निगरानी गर्ने निकाय माैन बसेकाे अवस्थामा स्थानीयवासी सास्ती भाेग्न बाध्य भएका छन् । बर्डफ्लू मुक्त नभइसकेकाे अवस्थामा समेत कुखुरा तस्करीले एैन कानुनलाइ समेत चुनाैती दिइरहेकाे छ ।

भारतीय कुखुराकाे मासु स्वादिलाे भएका कारण नेपालमा बढि रुचाएइकाे आम ग्राहककाे धारणा छ । नेपालमा लाेकप्रिय भएकाले ग्राहक बीच यस प्रति आकर्षण बढदाे छ । यसैकाे फाइदा उठाउंदै सीमा क्षेत्रमा सकृय रहेका कुखुरा तस्करहरू भारतीय बजारका कुखुरा धमाधम नेपाली बजारमा भित्रयाउन थालेका हुन् ।

नेपालकाे तुलनामा भारतीय बजारमा जिउंदाे कुखुरा प्रति केजी सस्ताे दरमा पाउने भएपछि अन्य व्यावसायमा लागेकाहरू पनि अहिले आफ्ना व्यापार बन्द गरी कुखुरा ओसार्ने धन्दामा जुटेपछि स्थानियवासी हैरानीमा परेका हुन् ।

भारतबाट बाइकमा लाेड गरि बर्डर बटाउने बितिकै नाे मेन्स लैण्ड नजिकै नेपाली पिकअप गाडीमा लाेड गरि नेपालकाे भित्री बजारमा पुर्याइन्छ । भारतीय कुखुरा रातारात बर्दघाटदेखि पुर्वमा, अरूणखाेला, कावासाेती,  गैंडाकाेट हुंदै चितवनका विभिन्न बजारमा पुग्ने गरेकाे पाइन्छ । यसका लागि नवलपरासीकाे रामनगर, गूठी परसाैनी, बसहीया र भुजहवा नाका प्रमुख रूपमा प्रयाेग गरिन्छन् । महेशपुर, गाेपालपुर, विष्णुपुरा, सनइ नाकाबाट नेपाल भित्रयाइएका भारतीय कुखुराहरू परासी, सुनवलका साथै पश्चिममा बुटवलसम्मकाे बजारमा पुर्याइन्छन् ।

यस कार्यमा मुख्य रूपमा नेपाली नम्बर प्लेटका सिंगल कैब बाेलेराे पिकअपहरू प्रयाेग भएकाे पाइन्छ । माेटरसाइकलमा कुखुरा ओसार्नेहरूकाे संख्या पिकअपकाे तुलनामा अत्यधिक छ । पिकअपले बाेक्ने भन्दा धेरै मात्रामा माेटरसाइकका कैरियरहरूले ओसार्ने गरेकाे स्थानीयवासीकाे भनाइ छ । प्रत्यक्षदर्शीहरू भन्छन्, राती २ बजेपछि विहान ५ बजेसम्म कुखुरा ओसार्ने माेटरसाइकलकाे तांती लागेकाे हुन्छ । कुखुरा बाेक्ने बाइकले सडक भरीएका हुन्छन् । बाटाे हिड्दा ज्यान बचाउन गाह्राे हुने गर्छ ।

भारतीय अर्धसैनिक बल एसएसबीलाइ सीमामा छल्नमा कुनै दिन बढी समय लाग्न गयाे भने कुखुरा मर्न थाल्छन् । यस्ताे अवस्थामा मरेका कुखुराहरूलाइ तस्करहरूले स्थानीय क्षेत्रमै फालेर जिवित जती लिएर जाने गरेका छन् । उत्रतत्र फालिएका मृत कुखुराकाे दुर्गन्धले सीमावर्ती स्थानीयवासी सास्ती भाेग्दै आएका छन् । सिनाे घिसार्दै कुकुर, स्याल, गिद्धले गाउंसम्म पुर्याएका हुन्छन् । स्थानीय भन्छन्, हामी कैंयाैं पटक प्रहरीमा गुनासाे गर्याैं तर याे क्रम राेकिएकाे छैन । प्रहरीले पक्राउ नगरेकाे पनि हाेइन तर हाल खुलेयाम भैरहेकाे कुखुरा तस्करी राेकिएकाे पनि छैन ।