9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

सनातन धर्म संस्कृतिको रक्षा गर्न भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकाे नेपाललाई सुझाव

- Advertisement -

काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सनातन धर्म संस्कृतिको रक्षा गर्न नेपाललाई सुझाव दिएका छन्।

धर्म निरपेक्षताका नाममा नेपालमा बढ्दो क्रिश्चियानिटी र धर्मान्तरणतर्फ संकेत गर्दै मुख्यमन्त्री आदित्यनाथले सनातन धर्म संस्कृति र धरोहर संरक्षणमा जोड दिएका हुन्।

दोस्रोपटक मुख्यमन्त्री चुनिएका योगीको सपथ ग्रहण समारोहमा सहभागी हुन लखनऊ पुगेका नेपाली सांसदको टोलीले योगीसँग उनकै कार्यालय राजभवनमा भेटेको थियो। भेटमा आदित्यनाथले नेपाललाई धार्मिक सन्देश दिएका हुन्।

विश्वका सय करोड हिन्दू धर्मावलम्वीको आस्थाको केन्द्र नेपाल बन्नुपर्ने, नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले हिन्दु राष्ट्र हुनुपर्ने मान्यता राख्दै आएका योगीले मठमन्दिरको संरक्षणमा पनि जोड दिएका छन्।

‘नेपालको पुरानो मठमन्दिरको जिर्णोद्धार गर्न जरुरी छ। नयाँ मन्दिर बनाउनुभन्दा पुरानो मन्दिरको संरक्षण गर्नुपर्छ। जिर्णोद्धार गर्नुपर्छ,’ योगीको भनाई उद्धृत गर्दै सांसद अभिषेक प्रताप शाहले भने, ‘बरु भारतले के सहयोग गर्नुपर्छ, गर्ने छ ।

नेपाल सँग लामो सीमा जोडिएको यूपी राज्यका मुख्यमन्त्री आदित्यनाथ ले नेपाली टोलीसँगको भेटमा छिट्टै नेपाल भ्रमणमा आउने प्रतिबद्धता जनाएका छन ।

उनलाई नेपाल भ्रमणमा आउन नेपाली प्रतिनिधिमण्डलले आग्रह गरेको थियो। ‘गोरखा र गोरखपीठको पुरानो सम्बन्ध भएको कारणले तपाई नेपाल भ्रमण गर्नुप¥यो। पशुपतिनाथको दर्शन गर्नुप¥यो। लुम्बिनीको भ्रमण गर्न प¥यो भन्ने आग्रह ग¥यौं,’ सांसद शाहले भने, ‘उहाँले म छिट्टै नेपालको भ्रमणबारे कार्यक्रम बनाउँछु। लुम्बिनी त जहिले पनि जानसक्छु। पशुपतिनाथ को दर्शन गर्नुछ। म मिलाउछु भन्नुभयो।’

भेटमा मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत राजनीतिक सम्बन्धबारे चर्चा गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा सँग कुरा भएको र शुभकामना दिएको कुरा स्मरण गरेका थिए।

भेटमा उत्तर प्रदेश र नेपालको सीमामा हुने समस्याबारे पनि कुराकानी भएको थियो। नेपालीलाई सीमामा दुःख नहुने योगीको प्रतिबद्धता रहेको थियो।

नेपाली टोलीले कार्यकाल सफलताको शुभकामना दिँदा योगीले उत्तर प्रदेशमा गरेका कामहरु, नेपालले अनुशरण गर्न सक्ने विकास मोडलबारे जानकारी गराएका थिए।

योगीको निमन्त्रण मा उनको सपथमा सहभागी हुन गत बिहीबार सांसद शाह को नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डल लखनऊ पुगेको थियो। टोलीमा कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्य, लुम्बिनी विकास कोषका पूर्व सदस्य राजेश ज्ञवाली, कपिलवस्तु क्षेत्र नम्बर ‘क’का कांग्रेस उम्मेदवार अजय थापा रहेका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme