0.9 C
New York
Thursday, November 30, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

बेल्ट एन्ड रोड बीआरआई फोरममा १ सय १० देश सहभागी हुँदै

spot_img

एजेन्सी । आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एन्ड रोड फोरम’मा १ सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा १ सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङलले मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् ।

प्रवक्ता माओका अनुसार ‘बेल्ट एन्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक, सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदानप्रदानलगायत अन्य छवटा विषयमा छलफल हुनेछ ।

विश्व बैंकले सन् २०३० सम्ममा बीआरआई यातायात पूर्वाधार पूर्ण रूपमा कार्यान्वयन भएमा विश्वव्यापी वास्तविक आयमा शून्य प्रतिशतले योगदान भई करिब ७६ लाख जनतालाई चरम गरिबीबाट हटाउन सकिने जनाएको प्रवक्ता माओले बताइन् । फोरमको तयारी द्रुत गतिमा भइरहेको छ । शिलापत्र

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme