असाेज १६, काठमाडौं ।

बलिउड अभिनेत्री मौनी रोयले जनवरीमा उनका प्रेमी एवं दुबईका बैंकर तथा व्यापारी सुरज नाम्बियारसँग बिहे गर्ने भएकी छन् ।

मौनीकी आमाले यो वर्षको सुरुमै उनकी साथी मन्दिरा बेदीको घरमा सुरजका बाबुआमासँग भेटेकी थिइन् ।

सुरजका बाबुआमा पनि मौनीलाई बुहारी बनाउन तयार रहेको समाचारमा आएको थियो । यी दुवै जना लामो समयदेखि प्रेममा छन् ।

मौनीको बिहे दुबई वा इटालीमा हुने बताइएको छ । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनी मोडल, अभिनेत्री तथा गायिकाको रूपमा परिचित छिन् ।