मुम्बई — भिजे तथा मोडेल अनुशा दान्डेकरले व्यापक चर्चाका बीच अब बिगबोस १५ मा प्रवेश गर्ने बताएकी छन् । उनले हालै भिडियो सन्देशमार्फत यस्तो बताएकी हुन् । यसअघि नै उनी बिगबोसमा प्रवेश गर्नेबारे अपुष्ट खबर आए पनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।
तर पछिल्लो समय अनुशाले आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफू बिगबोसको घरमा प्रवेश गर्ने बताइन् । उनले आफूबारे आएका खबर सत्य भएको समेत बताएकी छन् । तर पहिले अनुशाले आफ्नो लागि आफैँ बोस भएको भन्दै बिगबोसलाई लक्षित गर्दै आफू त्यहाँ नजाने प्रतिक्रिया दिएकी थिइन् ।
बिगबोसमा अनुशाको ‘वाइल्ड कार्ड इन्ट्री’को खबरसँगै सुरुदेखि नै बिगबोसमा रहँदै आएका करण कुन्द्राबारे पनि व्यापक चर्चा परिचर्चा हुन थालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार करण र अनुशा पछिल्लो केही वर्षयता प्रेममा थिए । तर पछिल्लो समय उनीहरु टाढिएका छन् ।





