वाम एकता कागलाई बेल पाक्यो हर्ष न बिष्मात : डा. कोइराला


न्युज डेस्क, असाेज १८ नवलपरासी ।

नेपाल प्रेस युनियन नवलपरासीले बुधवार कवासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री डा. कोइरालाले अब कांग्रेसले पार्टीभित्रको सांगठनिक र वैचारिक एकतालाई मजबूत बनाएर आगामी निर्वाचनमा लोकतन्त्रवादी शक्तिसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ ।

उहांले चुनावको समयमा विचार मिल्ने शक्तिबीच एकता हुनु स्वभाविक भएको टिप्पणी गदैं आगामी चुनावमा योजनाबद्ध र जनताको आकाक्षाअनुरुपका कार्यक्रम समावेश गरेर समृद्ध नेपालको स्पष्ट योजनासहित चुनावमा होमिन पार्टीका सबै कार्यकर्तालाई निर्देशन दिए ।

अबको पहिलो मन्त्रिपरिषद्को बैठकमा त्रिवेणी सुस्तापूर्वको भागलाई नवलपुर जिल्ला र सदरमुकाम कावासोती राख्ने विषयमा कुरा उठाउन पहल गर्ने बताउँदै उनले आफू नवलपुर जिल्लाबाटै चुनाव लड्ने घोषणा गरे ।

महामन्त्री डा कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचन महत्वपूर्ण भएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयन र मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि आगामी निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमतका साथ विजय गराउन सबैमा आग्रह गरे ।