बाढी प्रभावित र विपन्न घर परिवारलाई राहत

उमेश बि.क, १९ भदौ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अन्तर्गत बाढी प्रभावित तथा अति बिपन्न घर परिवारलाई असल छिमेकी नेपालले ४ सय घरधुरी परिवारलाइ राहत उपलब्ध गराएकाे छ ।
असारमा आएको अबिरल वर्षापछिको बाढीका प्रभावितलाई खडाैनामा १२९ घर, मधवलियामा १७२ घर, नाैडिहवा २६ घर, पुसाैलिमा ५ घर, भुजहवामा १६ घर र छाेट्कि बड्सारमा ५२ गरि कुल ४ सय घरधुरीलाई राहत उपलब्ध गराएकाे हाे ।
राहतस्वरूप चामल २५ किलो, पिठाे ५ किलाे, दाल २ किलाे, नुन १ किलो, तेल २ लिटर, साबुन लुगाधुने ५, डिटाेल साबुन ३, टुथपेस्ट १, ब्रस ५ र झुल २ वटाको दरले बितरण गरिएको हाे ।
सरावल गाउँपालिकाकाे समन्वयमा तथा असल छिमेकी नेपालकाे अायाेजनामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा राहत बितरण गरिएको हाे । गाउँपालिका अध्यक्ष चाैधरीले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै गाउँपालिकाबाट पहिलो चरणको राहत बितरण गरिएको बताउनु भयाे ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले सरावल गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली वडा नं. ५, ६ र ७ का नष्ट भएको हाे । साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै असल छिमेकी नेपालले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा घरघरमा पुगि गरेको राहत बितरण कार्यकाे प्रशंसा गर्दै धन्यवाद दिनुभएको हाे ।
राहत बितरणमा वडा नं. ६ वडा अध्यक्ष कैलास यादव, समाजसेवी लक्ष्मीकान्त चाैधरी, घनश्याम चाैधरी, असल छिमेकी नेपालकाे बितिय तथा प्रशासन सहायक अाेम कुमारी लुङ्गेलि, समुदायिक शसक्तिकरण तथा जिबसकाे पार्जन कार्यक्रम सहायक माया महताे समाजिक परिचालक पर्मावति चाैधरी, समाजिक परिचालक गाैरव महताे लगाएत प्रहरी पत्रकार तथा स्थानीय समाजसेवीकाे सहभागिता रहेकाे थियाे ।