10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

प्रथम बर्दघाट एक्सपो–२०८२ भव्य रूपमा उद्घाटन

- Advertisement -

बर्दघाट, १३ माघ ।
उद्योग व्यापार संघ बर्दघाट, पश्चिम नवलपरासीको आयोजनामा सञ्चालन भएको “प्रथम बर्दघाट एक्सपो–२०८२” को उदघाटन समारोह बर्दघाट नगरपालिका–४ स्थित बर्दघाट मण्डप, हरियाली नगरमा भव्य रूपमा मंगलवार सम्पन्न भएको छ।
संघका अध्यक्ष तथा एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यतामा एक्सपोको उद्घाटन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले उद्योग तथा व्यापार देशको मेरुदण्ड भएको उल्लेख गर्दै संघले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो। उहाँले उद्योग तथा कलकारखाना स्थापना गरी रोजगारी सिर्जना गर्न सके युवा विदेश पलायन रोकिने बताउँदै, आवश्यकता परे नीतिगत परिवर्तन गरेर पनि रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक्सपोले स्थानीय व्यापारीहरूको पुनरुत्थानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै स्थानीय महिला उद्यमीहरूको उत्पादन बिक्री–वितरणका लागि उद्योग व्यापार संघसँग सहकार्य गर्दै निःशुल्क स्टल उपलब्ध गराइएको जानकारी दिनुभयो।
उद्घाटन समारोहमा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थी, सिजी फाउण्डेशनकी मेरिना रञ्जित, रविन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
“स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मूल नाराका साथ सुरु भएको एक्सपोले स्थानीय व्यवसायी, कृषक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजक समितिका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो।
उद्घाटन अवसरमा आयोजित र्‍यालीमा विभिन्न विद्यालय, संघ–संस्था, आमा समूह, हरिहर धार्मिक सेवा केन्द्र, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बर्दघाट नगर समूह, उत्पतेश्वर भजन समूह लगायत करिब ३५ वटा समूहले झाँकीसहित बर्दघाट बजार परिक्रमा गरेका थिए।
१३ माघदेखि २५ गतेसम्म (१२ दिन) सञ्चालन हुने यस एक्सपोमा करिब १ लाख दर्शकले अवलोकन गर्ने तथा करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। एक्सपोमा २५० स्टल, कृषि तथा लघु उद्यमी उत्पादन, महिला उद्यमीका सामग्री, हस्तकलाका सामग्री, विभिन्न जातजातिका संस्कृति झल्कने प्रदर्शनी, बाल उद्यान तथा सांगीतिक कार्यक्रमहरू समावेश गरिएको वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय सरकार, वडाध्यक्ष, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संघका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme