Advertisement

स्थानीय निर्वाचनकाे प्रचार प्रसारकाे क्रममा २ फरक दलका कार्यकर्ताहरूका बीच दिउंसाे महेशपुर बजारमा झडप भएकाे छ । झडपका कारण महेशपुर बजार धेरै बेरसम्म तनावग्रस्त बनी रह्याे ।

झडप नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्कर्ताहरूकाे बीचमा भएकाे बताइएकाे छ । स्थानीयवासीले दिएकाे जानकारी अनुसार महेशपुर बजारमा माओवादीकाे प्रचार प्रसारकाे क्रममा घरदैलाे चलीरहेकाे अवस्थामा त्यही बाटाे अर्काे गाउं जानका लागि हिंडेका नेपाली कांग्रेसका कार्यकर्ताहरू चढेकाे माेटरसाइकलमा अवराेध पुगेपछि स्थिती तनावपुर्ण बनेकाे थियाे । माेटरसाइकलहरू अगाडि जानका लागि बाटाे जाम अवस्थामा रहेकाे र माओवादीका कार्यकर्ताहरूले अगाडि जानका लागि पास नदिएपछि बाटाे अवरूद्ध हुने पुगेकाे थियाे । जसले दुबै पक्षबीच उत्पन्न भनाभनकाे अवस्था साम्य हुन पाएन र धकेलाधकेल हुन थालेपछि दुबै पक्षका कार्यकर्ता आक्राेसित बनेका थिए ।

Advertisement

घटनास्थलमा तत्कालै पुगेकाे प्रहरी टाेलीले स्थिती नियन्त्रणमा लिन प्रयास गर्याे तर प्रहरीलाइ हम्मेहम्मे पर्याे । विस्तारै स्थिती काबुमा लिन सफल भएकाे प्रहरीले जनाएकाे छ । दुबै पक्षका कार्यकर्ताहरूले पछि संयमता अपनाएकाे प्रहरीकाे भनाइ छ ।

Advertisement