बिज्ञापन

नन्दु यादव, नवलपरासी । नेपाल शिक्षक संघ प्रतापपुर गाउँपालिकाकाे पाचाै अधिबेशन कार्यक्रम आज सुक्रवार सेमरीमा सम्पन्न भएकाे छ ।

संघका गाउंपालिका अध्यक्ष पन्चम प्रसाद बिककाे अध्यक्षता तथा प्रतापपुर गाउंपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा नेेपाल शिक्षक संघका संघिय सदस्य नेत्रलाल न्याैपाने, जिल्ला अध्यक्ष भबिस्वर पाण्डे लगायतले बाेल्नु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै नेपाल शिक्षक संघ नवलपरासी पश्चिमका सचिव बृजराज कुशवाहाले शिक्षक हकहितका लागि पटक पटक संघर्षमा उत्रेर भएपनि नेपाल शिक्षक संघले सरकारलाइ बाध्य पारेर शिक्षकहरूकाे पेशागत हकहितका लागि ५१ बुंदे सहमति गरेकाे बताउनु भयाे । उहाँले वर्तमान परिवेशमा स्थानीय सरकारमा बस्नु हुने पदाधिकारीहरूले शिक्षक हकहितका लागि ठाेस कदम चाल्नुपर्ने आवश्यकता ओैँल्याउनु भयाे । अगाडि बाेल्दै सचिव कुशवाहाले शैक्षिक उन्नतिका साथै शिक्षककाे बृहत्तर हितका लागि गाउंपालिकाले सशक्त याेजना बनाउनुपर्नेतर्फ जाेड दिदै धेरै विद्यालयमा बाह्य राजनीतिले हस्तक्षेप गर्न खाेजेकाे अवस्था रहेकाेले यसकाे समुल समाधान मात्र नभइ विद्यालयमा शैक्षिक वातावरण समेत तयार पार्ने अभिभारा गाउंपालिकाले लिनुपर्ने बताउनु भयाे । साथै प्रतापपुर गाउंपालिका शैक्षिक क्षेत्रमा उदाहरणिय बन्न सक्नुपर्ने कुरामा जाेडदिनु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले प्रतापपुरकाे शिक्षा शिक्षण सिकाई क्रियाकलाप तथा शिक्षकहरुकाे हक अधिकारकाे लागि नेपाल शिक्षक संघले महत्वपुर्ण रुपमा भुमिका खेल्नुपर्ने कुरामा जाेडदिनु भयाे । प्रतापपुरमा नेपाल शिक्षक सघकाे सदस्यता बिस्तार तथा सघ सुदृढीकरणमा पनि लाग्नुपर्ने आवश्यक रहेकाे बताउनु भयाे । शिक्षकहरु हकअधिकारका लागि आफुले सधै सहयाेग गर्न प्रतिबद्ध रहेकाे बताउनु भयाे । साथै नेपाल शिक्षक सघलाई प्रतापपुर गाउपालिकाे तर्फ सहयाेग गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।

अधिबेशनबाट खिरी नारायण चाैधरीकाे अध्यक्षतामा १९ सदस्यीय प्रतापपुर गाउपालिका स्तरीय नेपाल शिक्षक संघ चयन गरिएकाे छ । जसकाे महिला उपाध्यक्मा बिमला सुवेदी, उपाध्यक्षमा सुर्यप्रसाद घिमिरे, सचिवमा नन्दु प्रसाद यादव, सचिव अर्थमा जीवन कुमारी पजियार, सहचिवमा दिपेन्द्र चाैधरी, महिला सहसचिवमा रुपा यादव, सहसचिव अर्थमा भाेजराज भण्डारी, सहसचिव समावेशीमा कृष्ण कुमार चाैधरी, सुमित्रा यादव र सदस्यहरुमा कृष्ण माेहन चाैधरी, चिन्तामणी तिवारी, पराग प्रसाद गुप्ता, सीता चाैधरी, सुनिता चाैधरी, जगदिश कुशवाहा, घनश्याम सिह, नन्दलाल घर्ती मगर र हरिनारायण चाैधरी लगायत रहनु भएकाे छ ।

कार्यक्रमलाई पुर्व सचिव कुन्ज बिहारी चाैधरीले सन्चालन गर्नु भएकाे थियाे ।

दशैँ -बिज्ञापन