नेपाल पत्रकार महासंघको अन्तरक्रिया कार्यक्रम

58

पप्पु रेग्मी, बर्दघाट

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको सहयोगमा संचालित कार्यक्रममा पत्रकारिता विकासमा संचार संस्थाको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम शनिवार त्रिवेणीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता, प्रमुख अतिथि एवं सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले पत्रकारहरुले कसैको दबावमा नपरी संवेदनशिल भई सत्य तथ्यमा आधारित भएर समाचार लेख्न आग्रह गर्दै, पत्रकारहरुको कलम शक्तिशालि रहेकोले फरक क्षेत्रमा कलम चलाउनु पर्ने बताए । कार्यक्रममा जिल्लाका सञ्चार संस्थाका संचालकहरुले संस्था संचालनका क्रममा देखिएका विभिन्न समस्या र संचार संस्थामा आवद्ध पत्रकारहरुको पारिश्रमिक, पत्रकारिताका क्रममा आईपरेका चुनौतिहरु लगायतको बारेमा कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि एवं सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष केशव पराजुली, रेडियो दाउन्नेका अध्यक्ष यम बहादुर थापा लगाएतले आ–आफ्नो भनाई राखेका थिए । सोही अवसरमा प्रशिक्षक पत्रकार भरत भुषालले पत्रकारिताका विभिन्न विषयहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघका उपाध्यक्ष मालती न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका सदस्य विकास अधिकारीले गरेका थिए ।