नेपाली कांग्रेस पश्चिम नवलपरासीकाे जिल्ला बैठक सम्पन्न

0
8
बिज्ञापन
नवलपरासी
नेपाली कांग्रेस पश्चिम नवलपरासीकाे जिल्ला बैठक कार्यवाहक सभापति श्री अर्जुन कुमार पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
बैठकले माघ १६ गते नेपाली कांग्रेस केन्द्रीय उप सभापति श्री बिमलेन्द्र निधि ज्युकाे करकमलवाट नेपाली कांग्रेस पश्चिम नवलपरासीकाे जिल्ला कार्यालय रामग्राम न पा वडा नं ३ मा रहेकाे बि पि स्मृति भवनकाे उदघाटन गर्ने र साेकाे लागि केन्द्रीय पदाधिकारि एव सदस्यहरुका साथै ७६ वटै जिल्ला सभापतिहरुलाई निमन्त्रणा गर्ने निर्णय गरेकाे छ ।
बैठकले ने का पश्चिम नवलपरासीकाे जिल्ला सम्मेलन २०७६ पुष १६ गते भव्यरुपमा सम्पन्न गर्ने पनि निर्णय समेत गरेकाे छ । नेपाली कांग्रेसवाट निर्वाचित जन प्रतिनिधिहरुलाई पुस ११ गते प्रशिक्षण अायाेजना गर्ने निर्णय पनि भएकाे छ । यहि पुस १६ गते पर्ने राष्ट्रिय मेल मिलाप दिवस भब्य रुपले सम्पन्न गर्नका लागि संघिय क्षेत्र नं २ लाई जिम्मेवारी दिने निर्णय भएकाे छ ।
नेपाली कांग्रेसले पश्चिम नवलपरासिका जिल्ला सदस्य श्री हरिकला गिरि ज्युकाे श्रीमान तेज प्रसाद गिरि र नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि श्री तपचन्द्र बिश्वकर्माकाे बुवाकाे असमायिक निधन प्रती शाेक प्रश्ताव पारित गर्ने निर्णय भनी गरेकाे छ ।
वि पि स्मृति दिवस भब्य रुपले सम्पन्न गर्न मुल र उप समितिहरु पनि गठन गरेकाे छ । जस्मा मुल समितिमा अर्जुन कुमार पाेखरेल संयाेजक, सबै जिल्ला पदाधिकारी र सदस्य, केन्द्रीय सदस्य एव संघिय सांसद देबेन्द्र राज कंडेल, संबिधान सभा सदस्य देवकरण जयसवाल, बिक्रम खनाल तथा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, संघिय तथा प्रदेश सभा सभापतिहरु तथा सम्पुर्ण भातृ तथा शुभेच्छुक संघ संस्थाका सभापतिहरु रहने छन् ।
प्रचार प्रसार समितिकाे संयाेजक जिल्ला सचिव बिक्रम प्रसाद यादव, मंच ब्यवस्थापन संयाेजक गजानन्द पटेल, अतिथि सत्कार संयाेजक शिवसंकर राय, अार्थिक ब्यवस्थापन संयाेजक शुभास चन्द्र गिरि, स्वयंसेवक परिचालन संयाेजक लालनाथ घिमिरे, युवा परिचालन संयाेजक सुक बहादुर गुरुङ्ग रहने निर्णय गरेकाे छ ।
दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad