Advertisement

नेकपा एमाले नवलपरासीका पुर्व जिल्ला कमिटि सदस्य राजेश सिंह थापा प्रदिपले पार्टी परित्यागकाे घाेषणा गर्नु भएकाे छ ।

स्थानीय निर्वाचनाके संघारमा पार्टीले उचित स्थान नदिएकाे भन्दै असन्तुष्ट बनेका थापाले जिल्ला अध्यक्षलाइ राजीनामा दिनु भएकाे छ । राजनीमामा थापाले २ कार्यकालसम्म जिल्ला कमिटि सदस्य भएर पार्टीलाइ अगाडि बढाएकाे अवस्थामा पार्टी पंक्तिले बेवास्ता गरेकाे भन्दै आफुले पार्टीकाे कुनै पनि पदमा नरहने गरि राजनीनामा दिएकाे घाेषणा गरिएकाे छ ।

Advertisement

थापाकाे नेतृत्वमा गाउंपालिका स्तरका कार्यकर्ता समेतले संयुक्त राजीनामा दिएका हुन् ।

थापा आफु प्रतापपुर गाउंपालिकाकाे अध्यक्ष पदका लागि उम्मेदवारी गर्न चाहेका थिए । पार्टी लाइनले आश्वासन दिदै आएकाे र हाल टिकट दिन नसक्ने बताएपछि थापा रूष्ट बन्न पुगेका हुन् ।

पार्टी परित्याग गरेपश्चात कुन दलमा प्रवेश गर्ने भन्ने बारे पछि निर्णय लिने थापाले बताए ।

Advertisement