नेकपा एमालेकाे विजयी सुरूवात, सरावलमा खाेल्याे खाता

84

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेकपा एमालेले वडा नं. १ मा वडाध्यक्ष पदमा विजयी शुरूवात गरेकाे छ।

वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई भट्टराई ११६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेष नारायन चाैधरीले ११२० मत प्राप्त गरेका छन्।

भट्टराई ४१ मत अन्तरले विजयी भएका छन् । उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेका सदस्यहरु निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भट्टराई झिनाे मतान्तरले पराजित भएका थिए।