नुहाउन गएका युवक नवलपरासीमा मृत फेला

2
संजय कुशवाहा / नवलपरासी ११
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ७ गुठी सुर्यपुरामा एक पुरूषको शव भेटिएको छ । आज सोमबार दिउँसो गुठी सुर्यपुरामा पावर हाउसको अगाडि मुख्य पश्चिमी गण्डक नहरमा शव बगिरहेको अवस्थामा स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरे पछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।
नहरमा मृत भेटिएको विनई त्रिवेणी गाउपालिका वडा नम्बर ७ रानीनगर बस्ने वर्ष ३२ का भोला मुसहरको पहिचान गरिएकाे छ ।
उनी पौडी खेल्ने क्रममा शुक्रबार गण्डक नहरमा बेपत्ता भएका थिए । शवबारे थप अनुसन्धान भईरहेको र शवलाई पोस्टमार्टमको लागी पृथ्विचन्द्र जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जनाएका छ ।
Advertisement