चिनियाँ महत्व काक्षी परियोजना वेल्ड &रोड इनिसिटिभ मार्फत करिब नौ खर्ब ऋण बोकाएर परोयोजना सुरु गरेको चिनले थप लगानी गराउन चिनियाँ उद्द्योगपती र ब्यापारिहरुलाई घुमाउरो पारामा रकम उपलब्ध गराउदै आएको छ।
सरकार टु सरकार मार्फत खर्बौ डलर ऋण बोकिसकेको नेपालले अब चिनिया उद्द्योगपती हरुको लगानी को अर्को चर्को मार ब्यहोर्नु पर्ने देखिन्छ।नेपालको निजि क्षेत्र सङ सहकार्य गर्ने गरि फेरि अर्को चलखेलमा चीन लागि परेको छ।चीनिया ब्यापारिहरुको अर्बौ डलर नेपालको निजि क्षेत्रमा लगानी गरेर निजि क्षेत्रलाइ नै कब्जामा लिने रणनीति अनुसार लगानीको वातावरण बनाइरहेको छ।
सन 2020मा चिनको उहान सहरमा आयोजित वेल्ड एन्ड रोड चीन (उहान)ईन्टरनेसनल इडस्ट्री फोरममा चिनियाँ उद्द्योगपती तथा लगानिकर्ताले नेपालको जमिन र उद्द्योगमा लगानी गर्न उत्सुकता देखाएका थिए।सो फोरममा नेपालमा जमिन खरिद देखि इलोक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने बाताबरण बनाउन चीनिया उद्योगपती हरुले चासो दियको छ।नेपालमा एकक्षत्र ब्यापारिक राज र आर्थिक गतिविधि बनाउने रणनीति अनुसार चिनले चीनिया नीति क्षेत्रको लगानिलाइ नेपाल भित्राउन खोजी रहेको छ।
वेल्ड एन्ड रोड इनसिएटिभ (BRR)मा आवद्ध अरु मुलुकमा लगानी नगर्नु र नेपालमा मात्र चिनियाँ निजि क्षेत्रको लगानी ल्याउन लागि परेको चिनको रहस्य के छ त भन्ने प्रस्न खडा भएको छ। नेपालको निजि क्षेत्रमा लगानी गरेर उनिहरुलाई हातमा लिन सकियो भने नेपालका हर क्षेत्रमा चीनिया बर्चस्व कायम गर्न सकिने उनिहरुको बुझाइ रहेको छ।यहि नेपालको निजि क्षेत्रमा चिनले लगानी गरो भने नेपालको निजि क्षेत्र नै पलायन हुने सम्भावना रहने छ।चिनियाँ लगानी कर्ता तथा उद्योगपति हरुले अरु विदेसी लगानीलाई रोक्नको लागि पनि यो महत्त्वपूर्ण अवसर खोजेको देखिन्छ।
चाइना चेम्बर अफ कमर्स फर इम्पोर्ट एन्ड एक्स्पोर्ट अब मेसिनरी एन्ड इलोक्ट्रोनिक्स प्रोडक्स (सि सि सि एम इ) मार्फत चिनियाँ लगानिकर्ताको सम्भावना र लगानी गर्ने सम्भावित क्षेत्र र स्थानको वारेमा चासो दिइएको थियो।चीन सरकार र चिनियाँ लगानीकर्ताले विशेष गरेर तराइका जिल्लाहरुलाइ लगानिको निसाना बनाएका छन।जुन भारत सङ सिमा जोडिएका जिल्लाहरु हुन। एकातिर (BRi) मार्फत पुर्वाधारमा लगानी गरिरहेको चिनले अर्को तर्फ चिनियाँ निजि क्षेत्रलाई नेपालमा व्यापक परिचालन गर्ने तयारी गरिरहेको छ यस्मा चीन सङ नजिक रहेका नेपालका व्यापारी र उद्योगपति पनि सामेल भएका छ्न ।
उनिहरुले चिनको अप्टिकल फाइबर भ्याली समेत भनेर चिनले उहानको अप्टिकल फाइबर उद्योगलाई भित्र्याउन चीन लागि परेको छ। चिनियाँ निजि उद्योगपति हरुले नेपालका तराइका जिल्लाहरुलाई उद्योगिक चिनियाँ हब बनाउन लागि परेकोले पछि यसले गम्भीर चुनौती ल्याउन सक्ने विज्ञहरुको राय रहेको छ।उनिहरुको अर्को योजना भनेको आर्थिक ,सास्कृतिक र शिक्षामा पनि नेपालमा आफ्नो पहुच बिस्तार गर्नु छ।यसै पनि (BRT) मार्फत खर्बौ ऋण भार बोकिसकेको नेपालले फेरि चिनियाँ उद्योगपति हरुको लगानिले नेपालका प्राकृतिक सम्पदा तथा जल र जमिन पनि गुमाउन पर्ने सम्भावना हरु बढेर गएको छ।यसले भबिस्यमा नेपालको भु-राजनितिक आतित्वनै खतरामा पर्ने देखिन्छ।





