नवलपरासीमा गाेली चल्याे, स्थानीय एकजना घाइते

92
file pic

वृजराज कुशवाहा नवलपरासी जेठ ५ ।

पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् ।

गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन । स्थानीयका अनुसार प्रहरीले ६ राउण्ड गाेली चलाएकाे हाे ।

घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा जेठ ५ गते बुधवार विहान साढे नाै बजेकाे हाे । सीमातर्फ जांदै गरेका ३ जना नेपाली युवकलाइ लक्षित गरि प्रहरीले गाेली चलाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले सीमामा गाेली चलाएकाे घटनाले स्थानीयमा त्रास बढेकाे छ । सीमावर्ती गाउं नेपाल भारत दुबैतर्फकाे अवस्था तनावपुर्ण बनेकाे छ ।

सशस्त्र प्रहरीलाइ घटनाबारे जानकारी लिन फाेन गर्दा नउठेकाे अवस्था छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनाकाे पुष्टि गर्दै विस्तृत जानकारी लिइरहेकाे बताए ।

घटनास्थलमा प्रहरीले चलाएकाे गाेलीकाे भेटिएकाे कभर