नवलपरासीमा खुल्ला क्रिकेटको उपाधी पल्टनले हात पार्यो


सहबान अन्सारी नवलपरासी, ६ कार्तिक ।

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ मा १७ओैँ संस्करणको खुल्ला क्रिकेट प्रतियोगिताको प्रथम उपाधी पल्टन क्रिकेट क्लब प्रतापपुरले हात पारेको छ ।

गुठी परसौनीको खेल मैदानमा सनिवार भएको फाइनल खेलमा प्रतापपुरले रतनपुरालाई १ सय ३५ रनले पराजित गरेको हो । टाँस हारेर पहिला ब्याटिङ शुरू गरेको प्रतापपुरले १६ ओभरमा ४ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। जसमा रमेशले ३२ बलमा ९२ रनको पारी खेले ।

जवाफमा रतनपुराले १३.४ ओभरमा अलआउट हुँदै ७० रन मात्रै बनाउन सक्यो । उपाधिसँगै प्रतापपुरले नगद रु.३० हजार पुरस्कार हात पार्यो भने रतनपुराले १५ हजार प्राप्त गरेको थियो ।

प्रतियोगितामा ‘म्यान अफ द मैच र म्यान अफ सिरिज’को उपाधि प्रतापपुरका रमेशले हात पारे ।

प्रतियोगिताको समापन कार्यक्रममा संविधानसभा सदस्य देवकरण प्रसाद कलवार, उमेश चन्द्र यादव, केशव अधिकारी, अयोध्या प्रसाद यादव, अनिरुद यादव, कन्हैया कुमार हरिजन लगायतको उपस्थिती रहेको थियो ।