काठमाण्डाैं, ४ कार्तिक ।
अविरल वर्षाका कारण देशमा सबभन्दा बढि मारमा किसान परेका छन् । सरकारसित कुनै याेजना नै नभएकाे अवस्थामा किसान क्षतिपुर्ति पाउन पनि सकेका छैनन् । किसानकाे क्षतिबारे अवस्था अध्ययन गर्न वा क्षतिपुर्ति दिने कुनै याेजना सरकारले सार्वजनिक गरेकाे छैन ।
धानबाली काटेर भित्र्याउन तयार रहेकाे अवस्थामा भएकाे ठुलाे वर्षा र अाएकाे बाढीले विनास निम्त्यायाे । देशका किसानकाे अनुभवलाइ सुन्ने हाे भने कार्तिक महिनाकाे याे समय पानी पर्ने बेला हाेइन । मानसुन करिब निष्कृय भइरहेकाे हुन्छ तर माैसमविद भन्छन्, माैसममा बदलाव अाएकाे कारणले मनसुन सकृय भइ पानी परेकाे हाे ।
बाढीका कारण घर र रोपीएका धानबाली सबै नष्ट भए पछी नष्ट भएका धानबाली हेर्दै रुदै गरेकी राजापुर नगरपालीका वडा न ३ की एक महिला, जसले वर्ष भरिका लागि अर्जेकाे धानबाली नष्ट भएपछि विचल्ली भएकाे छ ।





