नवलपरासीमा आगलागी, २४ लाख बाढी क्षति

नवलपरासी ११ चैत
जिल्लाकाे प्रतापपुर गाउपालिकामा आगलागी हुंदा २४ लाख बढीकाे क्षति भएकाे छ । तिन घरपरिवारकाे बिचल्ली भएकाे छ ।
बुधवार अपरान्ह भएकाे आगलागीबाट वडा नं. ४ पचपेडाका स्थायी वासीन्दा राजकुमार राजभर, उमेश राजभर र रबिन्द्र राजभरकाे घर जलेर नष्ट भएकाे छ । मानवीय तथा पशु चाैपाया क्षति नभएकाे वडा अध्यक्ष जन्त्री प्रसाद बरईले बताए । बरइले दिएकाे जानकारी अनुसार प्रहरीकाे प्राथमिक अनुसन्धानमा उमेशराजभर काे ७ लाख ९२ हजार, रबिन्द्र राजभरकाे ५ लाख ७५ हजार र राजकुमार राजभरकाे १० लाख ३४ हजार गरि कुल २४ लाख १ हजार बराबरको क्षति भएकाे छ ।
पीडित परिवारलाई प्रतापपुर गाउपालिका वडा न ४ का वडाका तर्फबाट अध्यक्ष बरईले राहतका लागि चामल, दाल, तरकारी र त्रिपाल उपलब्ध गराउने बताए ।
उमेश राजभरकाे घरमा सांस्कृतिक कार्यक्रम रहेकाेले खाना पकाईरहेकाे बेला ग्यास सिलिण्डर पडकेर आगलागी हुन गएकाे पचफेडा प्रहरी चाैकीका ईन्चार्ज धनबहादुर थापाले बताए । स्थानीयवासीकाे सहयाेगमा प्रहरीले  नियन्त्रणमा लिएकाे बताइएकाे छ ।