नवलपरासीकाे भटाैलियामा तेकवान्दो प्रतियोगिता हुने

0
30
Advertisement

पप्पु रेग्मी, बर्दघाट,चैत्र २ ।

पश्चिम नवलपरासीको बर्दघाट १२ भटाैलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता हुने भएको छ ।

Advertisement

नवलपरासी चाङ हुन अन्तरराष्ट्रिय तेकवान्दो संघ बर्दघाट १३ नवलपरासीको आयोजनामा यही चैत्र ५ गते शनिबारकाे दिन बर्दघाट १२ भटाैलियामा रहेकाे बुद्धमंगल कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने बुधबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष नितेन कुमार रौनियारले बताए ।

साे दिन खेलिने खेलहरू महिला र पुरुष स्पेयरिंग र प्याट्न प्रतियोगिता अन्तरगत महिलाहरुका लागी २० देखी २५ के.जी. ताैल र ४५ देखी ५० के.जी. ताैलकाे खेल हुनेछ ।

त्यस्तै पुरुषहरुका लागी २० देखी २५ के.जी. ताैल र ६० देखी ६५ के जी ताैल भएका एकल स्पेरिंग प्रतियोगिता र महिला र पुरुष एकल प्यार्टन प्रतियोगिता अन्तरगत महिलाहरुका लागी पहेलो र रातो बेल्ट त्यस्तै पुरुषहरुका लागी पहेलो र ब्ल्याक बेल्ट प्रथम डन प्रतियोगिता हुने जानकारी दिनुभएको छ ।

सो प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र ५० कास्य पदक रहने बताउदै प्रतियोगितामा लुम्बिनी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी अर्घाखाची र नवलपरासी पश्चिम गरि ६ जिल्लाका करिब २ सय ५० प्रतियोगिले भाग लिने जानकारी दिनुभयो । प्रतियोगितामा करिब साडे २ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई केन्द्रिय प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ।

Advertisement