23.6 C
New York
Sunday, July 14, 2024

Buy now

spot_img
spot_img

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

spot_img
spot_img

नवलपरासी । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदायकाे हकहितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नवलपरासीका थारु अगुवाहरूसित आज सनिवार नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि वर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमिका रहेको बताउनुभएकाे हाे ।

सांसद चौधरीले थारु समुदायको जायज माग पुरा गर्न राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । “यहाँ तपाईहरुले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु ।”

थारु समुदायको उत्थान र उनीहरुको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भन्नुभयो, ” मैले उहाँहरुले उठाउनुभएका विषय सम्बोधनका लागि संसद र सरोकारवाला निकायमा गम्भीर रुपमा उठान गर्नेछु । तपाईंहरुसङ्गै म पनि अगाडि बढ्नेछु ।”

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme