वृजराज कुशवाहा
त्रिवेणीमा बाघकाे आक्रमणमा परि एकजना महिला घाइते हुनुभएकाे छ । आइतवार बिहान करीब ८ बजेकाे समयमा बाघले गरेकाे आक्रमणमा परि विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ बस्ने ५० वर्षिया माया याेगी कुंवर घाइते हुनु भएकाे हाे ।
घाइतेकाे अवस्था गम्भिर रहेकाे तथा अहिले स्थानीय उपचार केन्द्रमा उपचार भैरहेकाे स्थानीय विश्वमर्दन शाहले बताए । बाख्रा चराउन गएकाे बेला गाउं नजिकैकाे केरा बारीमा बाघले आक्रमण गरेकाे बताइएकाे छ ।

त्रिवेणी, रानीनगर र फर्साटाँडीकाे यस क्षेत्रमा हिजाे बाघ देखा परेकाे स्थानीयले बताएका छन् । घाइते हुनुभएका कुवंरलाइ बाघले नै आक्रमण गरेकाे हाे कि भन्नेमा शंका व्यक्त गरिएकाे छ । यस क्षेत्रमा बंदेल र चितुवाहरू पनि बेलाबेलामा देखिने गरेकाे स्थानीयकाे भनाइ रहेकाे छ । घाइते कुवंर बेहाेस अवस्थामा रहनु भएकाले आक्रमण गर्ने जनावरबारे खुलासा हुन पाएकाे छैन ।
आक्रमण गरेकाे याे जनावर जंगली भएकाे अनुमान स्थानीयले गरेका छन् । नारायणी नदीपारी भारत बिहारकाे धनहिया जंगलबाट बाघ आएकाे हुनसक्ने समेत अनुमान स्थानीयकाे रहेकाे छ । विगत केही समयदेखि यस क्षेत्रमा बाघ आएकाे कुरा चर्चामा रहेकाे थियाे ।





