नवलपरासी
गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर र प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् ।
पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयाे ।
पोख्रेल पेशाले पत्रकार थिए। भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर गुल्मी गएका थिए । साभारः जनतासमाचार





